११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा बाढीले बगाउँदा ४ जना बेपत्ता, ६ हजारभन्दा बढी घर डुबानमा



अ+ अ-

कैलाली । कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक रहेका छन् ।

प्रहरी उपरीक्षक जबराका अनुसार काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो ।

‘बुधबार अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेको थियो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा उनीहरु बेपत्ता भएका हुन,’ प्रहरी उपरीक्षक जबराले भने, ‘उनीहरुको खोजी कार्य जारी छ ।’  

अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा ६ हजार भन्दा बढी घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार ६ हजार ३२० घर डुबानमा परेको छ ।