५ पुष २०८२, शनिबार
,
Latest
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सीमानजिकै चीनको सिगाल्सेमा भूकम्पको कडा धक्का



अ+ अ-

काठमाडौं । नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएकाले नेपालको उत्तरी क्षेत्रमा धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा भएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएको छ ।

भूकम्प मापद केन्द्रले नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा आज बिहान ४ बजेर ५ मिनेट भूकम्प गएको जानकारी दिएको छ । केन्द्रका अनुसार यो भूकम्पको तीव्रता ५ म्याग्निच्युडको हो ।

नेपाल–चीन सीमा क्षेत्रको सिगात्सेको दिङ्गी काउन्टीमा पटक–पटक भूकम्प गएको छ ।

यसअघि २०८१ सालको पुस २३ गते ७ म्याग्निच्युडको र फागुन २४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि पटक–पटक परकम्पहरु गइरहेका छन् ।