१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक : संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस



अ+ अ-

काठमाडौं । सरकारले संसद्को बजेट अधिवेशन आह्वानको सिफारिस गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले बैशाख १२ गते दिउँसो १ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

यो अधिवेशनबाट विद्यालय शिक्षालगायतका विधेयक पारित गर्ने तयारी सरकारको छ । विधेयक पारित गर्नकै लागि चाँडै अधिवेशन आह्वान गरिएको हो ।

शिक्षकहरू विद्यालय शिक्षा विधेयक ल्याउन माग गर्दै काठमाडौंमा आन्दोलनमा रहेका छन् । यसैबीच सरकारले संसद्को अधिवेशन आह्वानको निर्णय गरेको हो ।