२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो पटक जिब्रो छेडेर महाद्विप बोक्दै टोलटोल घुमे बोडेका २८ वर्षीय सुजन



अ+ अ-

भक्तपुर। बिस्काः जात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–८ बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज स्थानीय २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको छ ।

बोडे पाँचो गणेश मन्दिर अगाडिको फल्चामा बोडेका सबै देवीदेवतालाई साक्षी राखेर जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे सहरको टोलटोल घुम्दै जात्रा सम्पन्न गरेको हो । विगत १०७ वर्षभन्दा अगाडिदेखि निरन्तर रूपमा चल्दै आएको ऐतिहासिक यो जात्रामा यसवर्ष तेस्रौ पटक जिब्रो छेडाएर सुजनले जात्रालाई निरन्तरता दिनुभयो ।

सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि सुजनको जिब्रो छेडिदिनुभयो ।

जिब्रो छेडेर चन्द्राँकारकोे भ्वाय् अर्थात् महाद्विप बोकेर सुजनले बोडे सहर घुम्दै भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्विपलाई मन्दिरस बाहिर राखेर सुजन मन्दिरभित्र गएर जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको दीलकृष्ण प्रजापति बताउनुहुन्छ ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवाँै पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा विगत तीन वर्षदेखि जिब्रो छेडेर जात्राले निरन्तरता दिनुभएको छ । रासस