१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक पर्यटकका लागि भक्तपुरको कलमसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह



eQmk’/, @ a}zfv M pkk|wfgdGqL Pjd zx/L ljsf; dGqL k|sfzdfg l;+xn] cfh d+unaf/ rfFu’gf/fo0f gu/kflnsf–* snd;Ldf sNk]Zj/ dxfb]j dlGb/df ;’? ePsf] lzjk’/f0f 1fg dxfo1sf] pb3f6g sfo{qmddf jf;’sL gfusf] k’hf ub}{ . tl:j/ M/d]z lu/L, /f;;
अ+ अ-

भक्तपुर। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कलमसीमा धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको छ ।

आज चाँगुनारायण नगरपालिकाको कलमसीमा सुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा उहाँले कलमसीमा क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले हाल नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको र महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

करिब सात वर्षअगाडि आफूले शिलान्यास गरेको स्थानमा भइरहेको महायज्ञमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै उहाँले लक्ष्यअनुसार काम सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले यहाँ बन्ने शिवजीको प्रतिमाले काठमाडौँ आउने पर्यटकलाई समेत आकर्षित गर्ने धारणा राख्नुभयो ।

एक सय आठ फिट अग्लो शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ यहाँ शिवपुराण महायज्ञ सुरु भएको छ ।  कार्यक्रममा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरकोटको काँखमा रहेको कल्पेश्वर महादेव मन्दिर परिसरमा भ्रमण वर्षको अवसर पारेर आयोजना गरिएको महायज्ञले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो ।

कलमसीमा बन्ने एक सय आठ फिट अग्लो शिव मूर्ति निर्माणका लागि चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले रु एक लाख आठ हजार सहयोगको गर्नुभएको छ । शिवको मूर्ति स्थापना भएपछि कलमसीमाको मात्रै नभएर चाँगुनारायण क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने भन्दै उपप्रमुख बुढाथोकीले उक्त रकम सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष जनक खत्रीले शिव तान्त्रिक र स्थानीयबाट विश्वकै पहिलो १०८ फिट अग्लो शिवको बसेको मूर्ति बनाउने काम सुरु भएको बताउनुभयो । महायज्ञबाट मूर्ति बनाउन लाग्ने करिब रु दुई करोडको खर्च सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।  महायज्ञ १३ दिनसम्म सञ्चालन हुनेछ ।