१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

धार्मिक पर्यटकका लागि भक्तपुरको कलमसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह

धार्मिक पर्यटकका लागि भक्तपुरको कलमसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह
eQmk'/, @ a}zfv M pkk|wfgdGqL Pjd zx/L ljsf; dGqL k|sfzdfg l;+xn] cfh d+unaf/ rfFu'gf/fo0f gu/kflnsf–* snd;Ldf sNk]Zj/ dxfb]j dlGb/df ;'? ePsf] lzjk'/f0f 1fg dxfo1sf] pb3f6g sfo{qmddf jf;'sL gfusf] k'hf ub}{ . tl:j/ M/d]z lu/L, /f;;
अ अ+ अ-

भक्तपुर। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कलमसीमा धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको छ ।

आज चाँगुनारायण नगरपालिकाको कलमसीमा सुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा उहाँले कलमसीमा क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले हाल नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको र महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

करिब सात वर्षअगाडि आफूले शिलान्यास गरेको स्थानमा भइरहेको महायज्ञमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै उहाँले लक्ष्यअनुसार काम सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले यहाँ बन्ने शिवजीको प्रतिमाले काठमाडौँ आउने पर्यटकलाई समेत आकर्षित गर्ने धारणा राख्नुभयो ।

एक सय आठ फिट अग्लो शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ यहाँ शिवपुराण महायज्ञ सुरु भएको छ ।  कार्यक्रममा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरकोटको काँखमा रहेको कल्पेश्वर महादेव मन्दिर परिसरमा भ्रमण वर्षको अवसर पारेर आयोजना गरिएको महायज्ञले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो ।

कलमसीमा बन्ने एक सय आठ फिट अग्लो शिव मूर्ति निर्माणका लागि चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले रु एक लाख आठ हजार सहयोगको गर्नुभएको छ । शिवको मूर्ति स्थापना भएपछि कलमसीमाको मात्रै नभएर चाँगुनारायण क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने भन्दै उपप्रमुख बुढाथोकीले उक्त रकम सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष जनक खत्रीले शिव तान्त्रिक र स्थानीयबाट विश्वकै पहिलो १०८ फिट अग्लो शिवको बसेको मूर्ति बनाउने काम सुरु भएको बताउनुभयो । महायज्ञबाट मूर्ति बनाउन लाग्ने करिब रु दुई करोडको खर्च सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।  महायज्ञ १३ दिनसम्म सञ्चालन हुनेछ ।