३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता



अ+ अ-

काठमाडौँ। विश्वभरका संसद्को सङ्गठन ‘अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)’ अन्तर्गतका समितिमा सांसद डाक्टर अञ्जान शाक्य र सोविता गौतम विजयी हुनु नेपालका लागि सुखद् विषय भएको बताइएको छ ।

आईपीयू को १५० औँ महासभाबाट नेतृत्व लिनुभएका सांसदहरू डा शाक्य र गौतमको स्वागत–सम्मान तथा संसदीय मामिलाका पत्रकारसँगको छलफलमा उहाँहरूको विजय नेपालको गौरवको विषय भएको भन्दै खुसी व्यक्त गरिएको हो ।

एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य आईपीयूको दिगो विकास समितिमा विजयी हुनुभएको थियो । माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्ज्वेकिस्तानमा भएको सम्मेलनमा उहाँ नेपालबाट प्रतिनिधित्व गर्दै विजयी हुनुभएको थियो ।

एसिया–प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व भए पनि निर्वाचनमा भने १५ वटा देशको मात्रै प्रतिनिधित्व रहेको थियो । शाक्यलाई ६ मत प्राप्त भएको थियो भने माल्दिभ्सले ५ र इरानले ४ मत मात्रै प्राप्त गरेको थियो ।

मानवअधिकार, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायतका विषयमा विश्वका सांसदहरूलाई सशक्तिकरण गर्ने उद्देश्यसहित अघि बढिरहेको आईपीयू पहिलो पटक त्यो पनि निर्वाचनमार्फत नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई खुसी लागेको पनि शाक्यले बताउनुभयो ।

नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरेर आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई सभामुख देवराज घिमिरेले पत्र लेख्दै शाक्यलाई समर्थनका लागि आग्रह गर्नुभएको थियो । छलफलमा सभामुख घिमिरेले भन्नुभयो, “सङ्घीय संसद् सचिवालयको अन्तरराष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाले गरेको विश्वास, पहल र प्रयासले पनि सफलतामा थप सहयोग प्राप्त भयो ।”

आइपियूको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालका तर्फबाट सांसद गौतम निर्वाचित हुनुभएको छ । उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । सांसद गौतमले नौ सदस्यीय टोलीमा दुई जना महिला रहेको र दुवै जनाले जिम्मेवारी प्राप्त गर्नु खुसीको कुरा भएको बताउनुभयो ।