९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

नयाँ वर्षमा नयाँ सोच, संस्कार र शैलीको राजनीति आवश्यक : रास्वपा

नयाँ वर्षमा नयाँ सोच, संस्कार र शैलीको राजनीति आवश्यक : रास्वपा
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले नयाँ सोच, संस्कार र शैलीको राजनीति आवश्यकता थप महसुस भएको बताउनुभएको छ ।

नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै रास्वपाका कार्यवाहक सभापति अर्यालले गएका वर्षहरूमा नेपाली नागरिकले राजनीतिक स्थायित्व, सुशासन र पारदर्शिताप्रति देखाएको भरोसा र आकांक्षालाई गम्भीर रूपमा लिएको बताउनुभएको छ । उहाँले पुराना राजनीतिक प्रवृत्तिहरूले नागरिकलाई थकित र निराश बनाएको यो बेला नयाँ सोच, संस्कार र शैलीको राजनीति आवश्यकता थप महसुस भएको समेत बताउनुभएको छ ।

‘नागरिकको आवाजलाई राजनीतिको केन्द्रमा राख्दै रास्वपा भ्रष्टाचारविरुद्धको कठोर अडान, सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता तथा नवप्रवर्तनमूलक सोचमार्फत् राष्ट्र निर्माणमा सशक्त भूमिका खेल्न दृढ संकल्पित छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘राजनीतिको पुरातन सोचविरुद्ध नागरिकले रास्वपामार्फत् व्यक्त गरेको आशा र अपेक्षाप्रति नियोजित रुपमा बढाइएको घेराबन्दी र राजनीतिक स्वार्थका आधारमा रास्वपाको मूल नेतृत्वविरुद्ध साँधिएको प्रतिशोध एउटा दल र नेताप्रति गरिएको कुकर्म मात्र होइन, समग्र देशको रुपान्तरण गर्ने नयाँ सोच र प्रतिबद्धता माथिकै घातक प्रहार हो । र, यस प्रहारविरुद्ध न्यायप्रेमी नागरिकले सुरु गर्नुभएको प्रतिवादको सम्मान गर्दछौं ।’

कार्यवाहक सभापति अर्यालले राजनीति सिर्जित अराजकता, स्वेच्छाचारी शासन–सत्ता, जनसमस्या पहिचान र समाधानमा निरन्तर वेवास्ता जस्ता कारणले नागरिकमा बढेको निरासा आक्रोशमा बदलिने खतरामा रहेको समेत बताउनुभएको छ । उहाँले यसमा सचेत र गम्भीर हुनुपर्ने सरकार र पुरातन राजनीतिक नेतृत्व आत्मालोचनासहित कमजोरी स्वीकार्नभन्दा विपक्षी विचार र दललाई प्रहार गर्न उद्दत भएको आरोप लगाउनुभएको छ । ‘रास्वपा, यस प्रकारको अतिवादी हठ त्यागेर राजनीतिक समस्याको समाधान सहमति र संवादमार्फत् खोज्न तथा नागरिकका स्वभाविक चासो, चिन्ता र सरोकारलाई बेलैमा सम्बोधन गर्न अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

अर्यालले जारी गरेको विज्ञप्तिमा ‘वर्षारम्भ, व्यक्त दृढता र प्रतिबद्धता पूरा गर्ने संकल्पको दिन पनि हो । त्यसैले, व्यवस्थाभित्र औंल्याइएका कमजोरीको सुधार, राष्ट्रिय जीवनका मुख्य समस्याको समाधानमा मार्गचित्र निर्माण र सुसंस्कृत प्रतिस्पर्धात्मक राजनीतिक संस्कारको अभिवृद्धिका लागि रास्वपाको सकारात्मक योगदान रहने अवगत गराउँदै सरकार र राजनीतिक नेतृत्वलाई यस दिशामा थप गम्भीर हुन आग्रह गर्दछौं,’ भनिएको छ ।

२०८२ साल नेपाल र नेपालीका लागि राष्ट्रिय स्वार्थको संकल्प र जनमैत्री शासनको राजनीतिक रुपान्तरण, सामाजिक न्याय र आर्थिक समृद्धितर्फको आधार वर्ष बनोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।