१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी र सम्मान अर्पण



अ+ अ-

काठमाडौं । नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ ।


 
सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित संस्थापक प्रथम सेनापति राष्ट्रनिर्माताको सालिकमा कायम मुकायम प्रधानसेनापति बालकृष्ण कार्कीले माल्यार्पण र पुष्पहार अर्पण गरी सलामी र सम्मान सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्पगुच्छा अर्पण गर्नुभयो ।

 विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको हो । 

आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उहाँले दिनुभएको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ । 

दिव्योपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र सशस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् ।

राष्ट्र निर्माताको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने क्रममा  सेनाले यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख/रचना प्रतियोगिता आयोजना ग-यो ।

सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’सहितको टर्च सैनिक मुख्यालयमा पु¥याएर विसर्जन गरियो ।सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भएको पदयात्रा धादिङ, नुवाकोट, नागार्जुन हँुदै सोमबार हनुमानढोका आइपुगेको थियो ।प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष रुपमा साथ मनाइँदै आएको छ ।