२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता खुसी र सुखी भएमात्र राज्य बलियो हुन्छ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनतामा देखिएको असन्तुष्टि, आक्रोश र बढिरहेको निराशाको कारण र निदान खोज्दै सम्बोधन गर्नु राज्यको दायित्व रहेको बताउनुभएको छ ।

नववर्ष २०८२ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले जनता खुसी र सुखी भएमा मात्र राष्ट्रिय एकता, आपसी सद्भाव, अमन चयन कायम भई राज्य बलियो हुने धारणा व्यक्त गर्नुभएको हो । पूर्वप्रधानन्यायाधीश समेत रहनुभएका रेग्मीले सबै विषयको संवाहक शक्ति जनता भएकै कारण लोकतन्त्रमा जनता सर्वोपरि हुन् भनिएको स्पष्ट पार्नुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “नेपालको सामाजिक र राजनीतिक इतिहास हेर्ने, सम्झने र मनन गर्ने हो भने लाखौँको बलिदान भएको छ, त्यसै जनता सार्वभौम बनेका होइनन् ।”

शिक्षा, स्वास्थ्य, रोजगारी आम सरोकारका विषय भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले कृषि, कृषिजन्य उद्योग र पर्यटनलाई जनसाधारणसँग जोडेर जनजीविकाको सशक्त माध्यम बनाउनु अनिवार्य भएको सुझाव दिनुभयो । उहाँले भन्नुभएको छ, “आजको मुख्य विषय भनेको जनताको आवश्यकताको पहिचान र त्यसको सशक्त सम्बोधन, परिणाममुखी र नतिजामुखी काम नै हो । राज्यको साधनस्रोतको अधिकतम सदुपयोग र त्यसको प्रतिफल जनता समक्ष पुग्नु नै हाम्रो सफलता हो, जनताको सन्तुष्टिको अवस्था हो ।”

पूर्वअध्यक्ष रेग्मीले समयको माग र गतिसँगै विश्व रङ्गमञ्चमा आफ्नो उपस्थितिको समीक्षा गर्दै राज्यको उन्नति र जनताको समृद्धिमा प्रतिबद्ध भई एकजुट हुन नयाँ बर्ष सफल होस् भन्ने कामना गर्नुभयो ।