२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै



अ+ अ-

काठमाडौँ । पर्यटन प्रवद्र्धनलाई बढावा दिने उद्देश्यले घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झट रहित आवागमनको बन्दोबस्ती मिलाएको छ ।

पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी एकीकृत जाँच सहितको झन्झट रहित आवागमनको व्यवस्था मिलाएको हो ।

घुम्न आउने पर्यटकको सुरक्षा जाँच, सवारी प्रवेश पास र कर शुल्कलाई झन्झट रहित बनाउन सवारीसाधनमा स्टिकर अभियानलाई प्रदेश सरकारले अघि बढाएको छ । स्थानीय तह सँगको समन्वयमा ठाउँ नै पिच्छे लिइँदै आएको कर हटाइने जनाएको प्रदेश सरकारले भ्रमण वर्ष २०८२ अवधिभर भारतीय पर्यटक सवार सवारीसाधनको हकमा अनावश्यक चेकजाँच नहुने जनाएको छ ।

भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकाहरु मोरङको रानी सहित सुनसरीको कोशी ब्यारेज, झापा र पशुपति नगरमा पर्यटक लक्षित डेस्क स्थापना गरी यात्रा सहजीकरणको अभियानलाई अघि बढाइएको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले बताउनु भयो । डेस्कमार्फत एकै स्थानमा एकै पटक जाँच सहितका सबै प्रक्रिया पूरा गरी सवारीसाधनमा स्टिकर टाँसिने मन्त्री मण्डलले बताउनु भयो । स्टिकर टाँस गरिएका पर्यटक सवार सवारीसाधनको हकमा गन्तव्य सम्म पुगेर नफर्किएसम्म सुरक्षा सम्वेदनशीलता बाहेकको हकमा कहीँकतै रोकतोक र बाधा अवरोध हुनेछैन ।

कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउँदैछ । प्रदेश भित्रका रमणीय स्थानहरुको प्रर्वद्धन गरी १६ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ । सोही अनुरुप पर्यटकको यात्रा सहज र झन्झट रहित बनाउने उद्देश्यसाथ भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकामा नेपाली पक्षले डेस्क स्थापना गरी स्टिकर टाँसको अभियानलाई अघि बढाएको छ ।