२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको सुमीमा रुसी आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते



अ+ अ-

एजेन्सी । युक्रेनको सुमी शहरको मध्यभागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ ।

“रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो,” सेवाले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ । “प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्,” उहाँले भन्नुभयो।

आइतबार भएको आक्रमणमा परी घाइते हुनेको सङ्ख्या ८३ पुगेको किएभले जनाएको छ ।

“सात बालबालिकासहित ८३ जना घाइते भएका छन्,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उद्धार कार्य जारी छ।”