२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकामा डिजिटल कुलतको गम्भीर प्रभाव दर्साउने ‘झिल्को’को पोस्टर सार्वजनिक



अ+ अ-

काठमाडौं ।आजको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन् । तर, यही प्रविधिको अत्यधिक प्रयोगले उनीहरूमा गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक तथा भावनात्मक असर परिरहेको छ ।

पारिवारिक आत्मीयता कमजोर, बच्चालाई चुप राख्न डिजिटल ग्याजेट दिने बानी र बालबालिका र अभिभावकबिच प्रविधिको प्रयोगबारे बुझाइ फरक हुने भएकाले आपसी झगडा वा दूरी बढ्ने समस्या पनि पछिल्लो समय घातक रूपमा देखिन थालेको छ । यसले बालबालिकाको शिक्षामा प्रभाव देखिने, सामाजिक सम्बन्धहरू कमजोर हुने तथा संवेदनशीलता हराउने खतरा हुन्छ ।

वैशाख १९ गते रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’ले यही संवेदनशील विषय उठान गरेको छ । हालै, यसको पोस्टर सार्वजनिक गरिएको छ, जहाँ स्कुले पोसाकमा एक बालिका हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ, भने पछाडि एक वृद्ध पुरुषको भावुक अनुहार देख्न सकिन्छ । यसले चलचित्रको कथा पुस्तान्तरण, प्रविधिको कुलत र त्यसले निम्त्याउने पारिवारिक टकराबलाई सङ्केत गर्छ ।

प्रविधि आफैँ खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश बोकेको यो चलचित्रले एक बालिकाको डिजिटल लतको यात्रा भन्ने निर्देशक यादवकुमार भट्टराईले बताए । यसअघि ऐतिहासिक तथा सामाजिक सन्देशमूलक चलचित्र ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईले अभिभावक, शिक्षक, नीति निर्माता र सम्पूर्ण समाज मिलेर बालबालिकालाई डिजिटल कुलतबाट जोगाउनु आजको आवश्यकता रहेका कारण चलचित्रको माध्यमबाट आफूले कथा भन्न खोजेको बताए ।

मिडिया फर कल्चर प्रा।लि। को ब्यानरमा निर्माण गरिएको चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने मिडिया फर कल्चर प्रा।लि। को प्रस्तुति रहेको । यसका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् भने जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।