१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमितको विवरण पारदर्शी होस् – डा. रवीन्द्र पाण्डे



अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयले संक्रमितको विवरण दिंदा पारदर्शी नभएको आम जनताको बुझाइ छ । विवरण दिंदा स्थायी ठेगाना भन्नुको कुनै अर्थ छैन । जुन व्यक्ति जहाँ बसेको छ, त्यहि ठाउँको ठेगाना उल्लेख गर्नुपर्दछ । उदाहरणको लागि काठमाडौंमा ब्यापार गरेको पर्साको व्यक्तिलाई पर्साको विवरणमा किन राख्ने ? काठमाडौं महाबौद्ध बस्ने बर्ष … को भन्यो भने त्यो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन थप प्रेरित गर्दछ । त्यस्तै काठमाडौंमा ५३ जना भनेर अपुरो सुचना दिंदा आम जनतामा द्विविधा भएको छ  ।

सूचनाको हक स्वास्थ्य मन्त्रालयले उल्लङ्घन गर्नु हुँदैन् । ठेगाना लुकाउँदा वा स्थायी ठेगाना भन्दा आम मानिसमा सरकारले संक्रमितको संख्या लुकाएको भन्ने आशंका व्याप्त छ  । अमेरिका, युरोप, भारत लगायत देशले जसरी पारदर्शी ढंगले संक्रमितको संख्या, गम्भीर व्यक्तिको संख्या तथा मृतकको संख्या उल्लेख गरेका छन् , हामीले त्यहि गर्नुपर्छ  ।

परीक्षण नगरेको ठाउँमा गरेको भन्ने भनाइ आएको छ  । जिम्मेवार पदमा बसेका व्यक्तिले आधिकारिक कुरा मात्र बोल्नुपर्छ । जनतालाई झुठो कुरा गर्नु, सुचना अपुरो दिनु वा अन्यथा दिनुलाई पनि अख्तियारी दुरुपयोग गरेको मानिन्छ । त्यस्तै सुचनाको अधिकार हनन गरेको पनि मानिन्छ ।
सरकारले सहि विवरण, पारदर्शी विवरण तथा यथार्थ जानकारी दिने काम गरोस्  ।

त्यस्तै आदरणीय पत्रकारहरुले सहि र पुरा समाचार आधिकारिक निकायबाट संकलन गरेर सुचित गर्नुहुन अनुरोध गर्दछु  ।