२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध लागुऔषधसहित १७ जना पक्राउ



अ+ अ-
काठमाडौँ । अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् ।
काठमाडौँ महानगरपालिका–१३ बाफलबाट नागार्जुन नगरपालिका–७ हसनटार बस्ने लमजुङ बेँसीसहर नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दिप बोहरा, ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थितबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रु ९० हजारसहित मोरङ बेलवारी नगरपालिका–८ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीया प्रमिला तामाङ र विराटनगर महानगरपालिका–११ घर भई काठमाडौँ पुरानो बानेश्वर बस्ने २१ वर्षीय सोनाम साह पक्राउ परेका प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ बाट धनुषा महेन्द्रनगर घर भई बारा जीतपुरसिमरा उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय जुनेत अन्सारीसहित तीन जना पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बिजला टोलबाट सोही ठाउँका २४ वर्षीय अभिषेककुमार चौधरी र रामधुनी नगरपालिका–३ बस्ने २२ वर्षीय मनिष तामाङ, भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट सोही ठाउँका १४ वर्षीय किशोर पक्राउ परेका इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ लाक्चाम टोलबाट म्याङलुङ–८ कोबेकका १८ वर्षीय किशोर पक्राउ परेका प्रहरी चौकी जिरीखिम्तिले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटी, धनगढी उपमहानगरपालिका–२ बाट कञ्चनपुर कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गौरीगङ्गा नगरपालिका–३ कुचैनीबाट सोही स्थानका १५ वर्षीय किशोर, धनगढी–२ बाट गोदावरी–२ बस्ने २१ वर्षीय अमिश सार्की, जानकी गाउँपालिका–३ बाट सोही स्थानका २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारू पक्राउ परेका प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।