११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या ५६ पुग्यो



अ+ अ-

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा आईसीयूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उनको आज (शुक्रबार) बिहान ९ः १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताए ।

उनी ललितपुर थसिखेलका बासिन्दा हुन् । निमोनियाको समस्या देखिएकी उनी हालसालै वीरगञ्जबाट आएकी थिइन् । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साउन ६ गते पाटन अस्पताल सारिएको थियो । 

बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।