९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

वीरगन्जमा कर्फ्यु जारी, सर्वदलीय बैठक बस्दै

वीरगन्जमा कर्फ्यु जारी, सर्वदलीय बैठक बस्दै
अ अ+ अ-

वीरगन्ज । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु जारी छ । छपकैयामा हिजो भएको दुई समुदायबीच भएको झडपका कारण प्रशासनले लगाएको कफ्र्यु आज पनि जारी राखेको हो ।

कर्फ्यु लगाएको अवस्थामा समेत प्रदर्शन भएको थियो । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । अवस्था अनियन्त्रित बनेपछि राति सेना समेत परिचालन गरियो । आज बिहानदेखि भने अवस्था सामान्य बनेको छ ।

दुई समुदायबीच उत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सर्वदलीय बैठक डाकेका छन् ।

झडपमा प्रहरीसहित ४३ जना घाइते भएका थिए । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

झडपको स्थिति नियन्त्रणमा लिन करिब ८ सय प्रहरी परिचालन गरिएको थियो । प्रहरीले करिब ७५ सेल अश्रुग्यास हाने तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जारी गरेको आदेश अनुसार आज मध्यान्हसम्म कफ्र्यु रहनेछ । कफ्र्युका कारण पसलहरू बन्द छ । बजार सुनसान देखिएको छ ।

हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा घरको छतबाट मुस्लिम समुदायले ढुंगा हानेपछि झडप सुरु भएको हिन्दू समाजको आरोप छ । समाजले शनिवार साँझ पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको हो ।

फोटो- रासस