१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.53

Wind: 1.03

Humidity: 45

तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा



अ+ अ-

काठमाडौँ। ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा पुगेकोे छ । दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले परासिजत गर्दै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको होे ।

आजको खेलकोे २३औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङले पहिलो गोल गरे भने खेलकोे ८८औँ मिनेटमा सन्तोष खत्रीले दोस्रो गोल गरे ।  आजको जितसँगै पाँच खेलबाट ११ अङ्क बटुल्दै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा ललितपुरले तीन खेलमा जित र दुई खेल बराबरी खेलेको हो । ललितपुर साबिक विजेता टोली हो ।

लगातारको चौथो हारपछि बुटवल लुम्बिनी एफसी प्लेअफको होडबाट बाहिरिएको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको बुटवलले पहिलो खेल बराबरी खेल्दा बाँकी चार खेलमा हार बेहोर्नुपर्‍यो । बुटवल तालिकाकोे पुछारमा छ । रासस