२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै

हनुमानलाई ३१ किलोको लड्डु

हनुमानलाई ३१ किलोको लड्डु
अ अ+ अ-

नवलपरासी। हनुमान जयन्तीको अवसर पारेर आज यहाँको हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको हो ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइरालासहित मन्दिर व्यवस्थापन समिति तथा भक्तजनले संयुक्त रूपमा महावली हनुमानलाई ३१ किलोको लड्डु अर्पण गर्नुभएको हो ।

लड्डु हनुमानको प्रिय भोजन भएकाले घिउमा निर्माण गरे अर्पण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मजयन्तीका अवसरमा आज मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको यो मन्दिरमा पूजाआजा गर्नका लागि जिल्लावासीसहित छिमेकी जिल्ला चितवन, तनहुँबाट पनि भक्तजन आएका छन् । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने जनविश्वास रहिआएको समितिका अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिनुभयो । हनुमान जयन्तीको अवसरमा मन्दिर परिसरमा पूजाआजासहित भजनकीर्तन भइरहेको उहाँले बताउनुभयो ।

हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको त्रास र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता रहेको मन्दिरका पूजारी विनय अधिकारीले बताउनुभयो । “हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ”, उहाँले भन्नुभयो ।

मङ्गलबार र शनिबार हनुमानको विशेष पूजाआराधना गरिएकामा यस वर्ष हनुमान जयन्ती आज शनिबार परेकाले पनि विशेष मानिएको पूजारी अधिकारीले बताउनुभयो । गैँडाकोटमा निर्माण भएको हनुमान मन्दिर नेपालको पहिलो कलात्मक मन्दिर भएको बताउँदै उहाँले रु तीन करोड लागतमा ४२ फुट लम्बाइ,  ४२ फुट चौडाइ र ६३ फुट उचाइको रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न चन्दादाताको सहयोगमा मन्दिर परिसरमा एक सय जनासम्म अट्ने धर्मशाला निर्माण भइरहेको छ ।

हनुमानको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका ‘मार्बलरेलिङ’, मार्बलका आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत् व्यवस्थापन, रङ्गरोगनले यस मन्दिरको आकर्षण बढाएको अध्यक्ष सापकोटाले बताउनुभयो ।  रासस