१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday
Latest
कर वृद्धिमा कुनै पनि देशलाई छोड्दैनौँः अमेरिकी राष्ट्रपति ट्रम्प केटी पेरी महिला उडानमा अन्तरिक्षमा उडान भर्न तयार शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महीनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला… एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’बाट सम्मान गर्ने समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ: पूर्व राष्ट्रपति भण्डारी कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हनुमानलाई ३१ किलोको लड्डु



अ+ अ-

नवलपरासी। हनुमान जयन्तीको अवसर पारेर आज यहाँको हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको हो ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइरालासहित मन्दिर व्यवस्थापन समिति तथा भक्तजनले संयुक्त रूपमा महावली हनुमानलाई ३१ किलोको लड्डु अर्पण गर्नुभएको हो ।

लड्डु हनुमानको प्रिय भोजन भएकाले घिउमा निर्माण गरे अर्पण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मजयन्तीका अवसरमा आज मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको यो मन्दिरमा पूजाआजा गर्नका लागि जिल्लावासीसहित छिमेकी जिल्ला चितवन, तनहुँबाट पनि भक्तजन आएका छन् । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने जनविश्वास रहिआएको समितिका अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिनुभयो । हनुमान जयन्तीको अवसरमा मन्दिर परिसरमा पूजाआजासहित भजनकीर्तन भइरहेको उहाँले बताउनुभयो ।

हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको त्रास र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता रहेको मन्दिरका पूजारी विनय अधिकारीले बताउनुभयो । “हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ”, उहाँले भन्नुभयो ।

मङ्गलबार र शनिबार हनुमानको विशेष पूजाआराधना गरिएकामा यस वर्ष हनुमान जयन्ती आज शनिबार परेकाले पनि विशेष मानिएको पूजारी अधिकारीले बताउनुभयो । गैँडाकोटमा निर्माण भएको हनुमान मन्दिर नेपालको पहिलो कलात्मक मन्दिर भएको बताउँदै उहाँले रु तीन करोड लागतमा ४२ फुट लम्बाइ,  ४२ फुट चौडाइ र ६३ फुट उचाइको रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न चन्दादाताको सहयोगमा मन्दिर परिसरमा एक सय जनासम्म अट्ने धर्मशाला निर्माण भइरहेको छ ।

हनुमानको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका ‘मार्बलरेलिङ’, मार्बलका आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत् व्यवस्थापन, रङ्गरोगनले यस मन्दिरको आकर्षण बढाएको अध्यक्ष सापकोटाले बताउनुभयो ।  रासस