१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.03

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एकजनाको मृत्यु



अ+ अ-

झापा। जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ ।

आज बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोड लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस