२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेड इन नेपाल’ एक्स्पो सुरु



अ+ अ-

चितवन। युवा उद्यमी मञ्च चितवनले आजदेखि यहाँ ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु गरेको छ । नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गरिएको हो ।

नेपाल युवा उद्यमी मञ्चले सन् २००६ देखि सुरु गरेको यो मेला यसवर्ष सातौँ संस्करण हो । मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनुभयो । स्थानीयस्तरमा हुने मेला महोत्सवले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने हुँदा रोजगारीको अवसर सृजना गर्न सहज हुने उहाँको भनाइ थियो ।

सो अवसरमा मेडइन भरतपुरको लोगोसमेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ, भरतपुर महानगरपालिका–१ का वडाअध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतम, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चेम्बर अर्फ कमर्सका उपाध्यक्ष रुविन रामुदामु, युवा उद्यमी निकोलस पाण्डे, निशान पौडेललगायतले स्वदेशी उत्पादनको सम्मान गर्ने र नेपाली स्वाभिमान कायम गर्न सकेमा यहाँ उत्पादित सामानले बजार पाउन सहज हुने बताउनुभयो ।

वैशाख २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने मेलाले नेपाली उत्पादनको पहिचान, गुणस्तर र प्रभावलाई आमजनमानसमा प्रभाव दिने विश्वास लिइएको छ । मेला हरेक दिन बिहान १०ः०० देखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । साँझ ५ः०० देखि ९ः०० बजेसम्म ‘ग्राण्ड फुड फेस्टिभल’ हुने छ । एक्स्पोमा एक सय १० भन्दा बढी स्टल छन् । रासस