५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढ्यो



अ+ अ-

काठमाडौं । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक शुक्रबार सम्पन्न भएको छ । पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षता तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले नेकपा एमाले नेतृत्वको वर्तमान सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढेको बताउनुभयो । देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको उहाँले दाबी गर्नुभयो ।

उहाँले अहिले पनि मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरू भइरहेका बताउनुभयो । राजवादीको नाममा काठमाडौंमा गराइएको घटना त्यसकै उदाहरण भएको उहाँको भनाइ छ । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्षमा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले’, उहाँले भन्नुभयो ।

मुलुकलाई अस्थिरतामा लैजान जति प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताउनुभयो । अस्थिरताले देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने उहाँको धारणा छ ।

बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं संयन्त्रका संयोजक भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता भएको बताउनुभयो । त्यसैलाई दृष्टिगत गरी नेकपा एमालेले युवा केन्द्रित अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो । पार्टीले यस वर्षको स्थापना दिवस कार्यक्रम नै युवा लक्षित गरेर बनाएको उहाँले जानकारी दिनुभयो । पार्टीले यस वर्षको स्थापना दिवसको अवसरमा युवा उत्सव गर्न लागेको उहाँले बताउनुभयो ।

ढकालले बैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसंगठनलाई आग्रह गर्नुभयो । यसमा युवाको ऐतिहासिक सहभागिता हुने गरी लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा एमाले स्थायी कमिटी सदस्य, नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम पार्टी पोलिटब्युरो, केन्द्रीय कमिटीका नेताहरू तथा जनसंगठनका प्रमुखहरूको सहभागिता रहेको थियो ।