११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका ५ र भक्तपुरका १ जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ ।