३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरु गरेका थिए ।

धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरु धर्नामा बसेको बताउनु भयो । उक्त ऐनका कारण आफूहरु बढुवाबाट वञ्चित भएको उहाँले बताउनु भयो । उक्त वाक्यांशअनुसार “कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ ।”

यही बुँदालाई आधार मानेर मधेस लोकसेवा आयोगले प्रक्रिया रोकेपछि चौथो तहबाट सेवा शुरु गरेका कर्मचारीहरू अन्योलमा परेका छन् । आन्दोलनमा सहभागी करिव आधा स्वास्थ्यकर्मी महिला छन् । उनीहरू पनि सक्रिय रूपमा धर्नामा सहभागी छन् ।