२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल जेठ ३ मा : मिस एण्ड मि. आइडल सिजन २ को तयारी तीव्र



अ+ अ-

काठमाडौं। स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड मि. जुनियर एण्ड सिनियर आइडल सिजन २” को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ।

सन् २०१९ मा अवधारणा तयार गरी २०२० मा स्थापना भएको स्पार्कल इन्टरटेन्मेन्टले यसअघि २०२१ मा “मिस तथा मिसेस युनिभर्सल” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। त्यसैको निरन्तरता स्वरूप यो वर्ष सिजन २ को आयोजना गरिएको हो।

प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागीहरूलाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ – समुह ए (५–८ वर्ष), समुह बि (९–१२ वर्ष), र समूह सि (१३–१५ वर्ष)। समूह ए र बि का लागि शुल्क १० हजार तोकिएको छ भने समूह सि का लागि शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ। तर चैत २९ गतेभन्दा अगाडि आवेदन दिने सहभागीहरूलाई विशेष छुट दिइनेछ, जसअनुसार उनीहरूले १५ हजारको सट्टा १० हजार रुपैयाँमै सहभागी हुन पाउनेछन्।

प्रतियोगिताको प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि सुरु हुनेछ, जुन प्रत्येक शनिबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ। फाइनल कार्यक्रम जेठ ३ गतेका लागि तोकिएको छ। प्रतियोगितामा ट्यालेन्ट शो, ब्यूटी शो, तीनवटा फोटोषुट, १५–१९ सेकेन्डको भिडियो प्रस्तुति, तथा आयोजकबाट प्रदान गरिने टि–शर्ट समावेश गरिनेछ। अन्य आवश्यक पोशाक भने सहभागीले आफैंले ल्याउनु पर्नेछ।

कार्यक्रमको कोरियोग्राफर रोहित शाक्य रहनेछन्। निर्णायक मण्डलमा वरिष्ठ कलाकारहरू तथा वरिष्ठ पत्रकारहरू रहनेछन्, जसले प्रतियोगितालाई निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन गर्ने अपेक्षा गरिएको छ।

हालसम्म ४० जनामध्ये २० जना सहभागीहरू निश्चित भइसकेका छन् भने बाँकीका लागि आवेदन खुला छ। प्रतियोगिता विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न हुनेछ। को-स्पोन्सरका रूपमा काठमाडौं वर्ल्ड स्कूल, मेकअप पार्टनर मुरार्की एकेडेमी, डिस्प्ले पार्टनर गोथे इन्क, फेसन एजुकेसन पार्टनर सेन्टर फेसन एजुकेसन, भोटिङ पार्टनर खल्ती, वेलनेस केयर पार्टनर ब्लिस्फुल वेलनेस, र ज्वेलरी पार्टनर द क्रीसङ कलेक्सन रहेका छन्।

स्पार्कल इन्टरटेन्मेन्टले यो प्रतियोगितामार्फत बालबालिकाहरूको आत्मविश्वास, प्रतिभा र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।