२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति



हावाहुरी/ फाइल फोटो
अ+ अ-

गुल्मी। गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय एवं होटलको छाना उडाउनाका साथै भौतिक संरचनामा गरी कुल ३६ लाख ४५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीले कालीगण्डकी गाउँपालिकाका तीन, मालिकाका ११, धुर्कोट गाउँपालिकाका नौ, रुरु गाउँपालिकाका एक तथा रेसुङ्गा नगरपालिकाका दुई घरमा क्षति पु¥याएको छ । धुर्कोट गाउँपालिका–४ बर्बोटमा अरुण गैरेले सञ्चालन गरेको सुपारी होटलमा पाँच लाखको क्षति भएको छ ।

होटलको छाना उडाउनाका साथै अन्य क्षति गरेको प्रहरीले जनाएको छ । गएराति चलेको हावाहुरीले मालिका गाउँपालिका–४ मा रहेको अर्खबाङ्ग माध्यमिक विद्यालयको कम्प्युटर ल्याब, शौचालय र पुस्तकालय भवनको छानो उडाएको छ । त्यसैगरी, अर्खबाङमा रहेको अर्खबाङ कृषि तथा पशु सहकारीको छानो पनि उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा एक लाख ५० हजार तथा सहकारीमा एक लाख बराबरको क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यो विवरण अहिलेको प्रारम्भिक तथ्याङ्क भएको जनाउँदै क्षतिको थप विवरण पालिकालाई पठाउन आग्रह गरिएको बताउनुभयो । राहतका लागि पालिकालाई अनुरोध गरिएको भन्दै उहाँले अहिले तत्काल प्रशासनबाट कुनै राहतका कार्यक्रम भने नभएको जानकारी दिनुभयो । रासस