१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी

राजनीतिक भागवण्डामा ३२ नियुक्ति

राजनीतिक भागवण्डामा ३२ नियुक्ति
अ अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको राजीनामा र निष्पक्ष नियुक्ति गर्नुपर्ने माग गर्दै दुई सातादेखि तालाबन्दी गरेको प्रजातन्त्रवादी प्राध्यापक संघले राजीनामापछि मात्र वार्ता गर्ने बताएको छ ।

संघले एकलौटीरूपमा भएका नियुक्ति बदर गरी योग्यता क्षमता र विशिष्टताका आधारमा पुनः नियुक्ति गर्नुपर्ने माग दोहो¥याएको छ । संघका अध्यक्ष सह–प्राध्यापक जगत तिमल्सिनाले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डीन र क्याम्पस प्रमुखले राजीनामा दिएपछि मात्रै वार्ता गर्ने अडान लिनुभएको छ ।

पदाधिकारीलाई काम गर्न सजिलोका लागि नेपाली कांग्रेसबाट नियुक्ति पाएका भनिएका ७ सहित ३२ जनाको राजीनामा माग गरिएको छ । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोेटाको कार्यकाल शुरू भएपछि पूर्वएमाले, माओवादी कोटाबाट नियुक्ति भएका सबैको राजीनामा नआएसम्म वार्ता नगर्ने संघले जनाएको छ ।

संघले उपलब्ध गराएको तथ्यांकअनुसार पूर्वएमालेबाट १५, पूर्वमाओवादीबाट १० र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघबाट ६ जनाको नियुक्ति गरिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको थियो । पार्टी एक भए पनि नेकपा निकट दुई प्राध्यापकको छुट्टाछुट्टै संगठन अहिलेसम्म सक्रिय छ । त्यसैले पूर्वएमाले माओवादीको कोटाबाट छुट्टाछुट्टै नियुक्ति गरिएको हो ।

पछिल्लो समय डीन र क्याम्पस प्रमुख नियुक्तिमा भएको भागबण्डाको विरोधमा संघ, नेविसंघ र लोकतन्त्रवादी प्राध्यापक संघ समेतले तालाबन्दी गरेका थिए । त्रिवि कार्यकारी परिषद्ले भागबण्डा मिलाउन भन्दै पूर्वएमालेको नेपाल प्रगतिशील प्राध्यापक संगठनबाट दुई डीन, एक सहायक डीन र एक विभागीय प्रमुखसहित १५ जनालाई नियुक्ति दिइएको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकल प्रा.शशीधरराम जोशीलाई इन्जिनियरिङ अध्ययन संस्थानको डीन, प्राडा दिव्या सिंह शाहलाई चिकित्साशास्त्र अध्ययन संस्थानको डीन, सहप्राध्यापक तारा भुसाललाई मानविकी संकायको सहायक डीन, प्राध्यापक जीवलाल सापकोटालाई अंग्रेजी केन्द्रीय विभाग प्रमुखमा नियुक्त गरेको छ । स्रोतका अनुसार पूर्वमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका तर्फबाट १ डीन, ३ सहायक डीन र २ निर्देशकसहित ६ जनालाई विभिन्न पदमा नियुक्ति गरिएको छ ।

भागबण्डामा नियुुक्ति भएकामध्ये शिक्षाशास्त्र संकायका डीन प्राध्यापक चित्रबहादुर बुढाथोकी, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको सहायक डीन सहप्राध्यापक किशोरचन्द्र दाहाल र व्यवस्थापन संकायका सहायक डीन सहप्राध्यापक हरि अधिकारी र इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्रा.चिन्तामणि पोखरेल परेका छन् ।

त्यस्तै शिक्षा विकास तथा अध्ययन केन्द्रका निर्देशक प्रा। सुरेन्द्र गिरी र प्राध्यापक बालमुकुन्द रेग्मीलाई कन्फ्युसियस इन्स्टिच्युट निर्देशकमा नियुक्ति गरिएको छ ।

नेपाली कांग्रेस निकट प्रजातन्त्रजादी प्राध्यापक संघ, नेपालको तर्फबाट १ डीन र ६ क्याम्पस प्रमुख नियुक्ति पाएका छन् । त्रिविले प्राध्यापक कुसुम शाक्यलाई मानविकी संकायको डीन बनाएको छ ।

संघका अध्यक्ष सहप्राध्यापक तिमल्सिनाले आफूलाई काम गर्न अनुकूल पर्ने भएको र चाकडी गर्नेलाई नेपाली कांग्रेस पार्टीको नामबाट छानीछानी नियुक्ति गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो संगठनले यो नियुक्तिलाई मान्यता दिँदैन उहाँहरूले पनि राजीनामा दिनुको विकल्प छैन।’ –तिमल्सिनाले भन्नुभयो ।

उहाँले सबै नियुक्ति बदर गरी निश्चित मापदण्डका आधारमा रिक्त रहेका सबै पदमा पुनः नयाँ नियुक्ति नगरेसम्म ताला नखोल्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘हामीलाई भागबण्डा चाहिएको होइन, निष्पक्ष नियुुक्तिको माग गर्दै आन्दोलनमा उत्रेका हौं ।’ संघले उपकुलपति प्राडा बाँस्कोटासँग करिब आधा दर्जनपटक मागपत्र, ज्ञापनपत्र र भेटेर नियुक्ति बदर गर्न आग्रह गर्दा समेत अटेर गरेका कारण तालाबन्दी गरेको दाबी गरेको छ ।

संघले दुई साताअघि उपकुलपति, शिक्षाध्यक्ष र सेवा आयोगको मूल गेटमा तालाबन्दी गरेको थियो । पदाधिकारीले चासो नदेखाएको कारण वार्ता अनिश्चित हँुदै गएको आन्दोलनरत पक्षले आरोप लगाएको छ ।

शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले वार्ता गर्न नआए ताला फोड्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सार्वजनिकरूपमा बोलाएका छौं, नआए सधैंभर तालाबन्दी गरी बस्न सक्ने अवस्था हुँदैन, सुरक्षाकर्मीको सहयोगमा ताला फोड्न बाध्य हुनेछौं ।’

राजीनामा दिँदैनौंः उपकुपति
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले कुनै पनि हालतमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो– ‘म मात्र होइन तीन पदाधिकारी र हाल नियुक्ति भएका कसैले पनि राजीनामा दिनेछैनन् ।’

प्रजातन्त्रवादी प्राध्यापक संघले तीन पदाधिकारीले राजीनामा दिएपछि मात्र वार्ता गर्छौ भन्नु गलत मानसिकताको उपज भएको उहाँको आरोप थियो । ‘एउटा संगठनले तीन जना पदाधिकारीको राजीनामा नआएसम्म वार्ता गर्न नसकिने जनाउनु हास्यास्पद हो, हामी संयमित भएर हामी केही दिन कुर्छौ, वार्ता गर्न फेरि आग्रह गर्छौ, त्यसो गर्दा पनि नमाने ताला फोडेर काम शुरू गर्नेछौं।’ –उहाँले बताउनुभयो ।

प्राध्यापकजस्तो मर्यादित पेसालाई सम्मान गर्ने उहाँको भनाइ थियो । विभिन्न संगठन र कर्मचारीले तत्काल ताला फुटाउन सुझाए पनि त्यसो नगरिएको बताउँदै बाँस्कोटाले भन्नुभयो– ‘अहिलेसम्म हामी संयमित भएका हौ, उहाँहरूको भावनालाई कदर गरेका हौं ।’

त्रिवि सेवा आयोगमा परीक्षा दिएका, परीक्षाफलको प्रतीक्षामा रहेका, बढुवा भएका र अवकासपछि पेन्सनको प्रक्रियामा रहेका कर्मचारीले ताला फोड्न गरेको आग्रहलाई आफूहरूले बेवास्ता गरेको बताउनुभयो ।

ताला फोड्न नसकेपछि त्रिविका अधिकांश कार्यालय प्रमुखले पदाधिकारीको चर्को आलोचना गरिरहेका छन् । अघिल्ला उपकुलपतिको कार्यकालमा ताला लगाउनासाथ सुरक्षाकर्मीको सहयोगमा २४ घण्टा नबित्दै फुटाउने गरेका थिए, हालका पदाधिकारीले दुई साता बितिसक्दासम्म ताला फोड्ने आँट नगर्नु गम्भीर कमजोरी भएको आरोप लगाएका छन् ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।