२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको रोजाइ बन्दै रामपुरको तालपोखरा



अ+ अ-

रामपुर । गर्मीयाम बढेसँगै तालपोखरामा पर्यटकको चहलपहल बढ्न थालेको छ । रामपुर नगरपालिका–६ स्थित तालपोखरामा यतिबेला घुम्न जाने आन्तरिक पर्यटक आउने जाने क्रम बाक्लिँदै गएको छ ।

तालपोखरामा डुङ्गा सयर गर्ने, पार्क अवलोकन गर्दै फोटो, टिकटक तथा भिडियो बनाएर रमाउने बढेका छन् । रामपुरको बेझाड बजार, किसानबारी बजार, विजयपुरबाट पक्की सडक जोडिएकाले तालपोखरा पर्यटकको गन्तव्यस्थल बनेको हो ।

बिदाका दिन घुम्न आउनेको बाक्लो उपस्थिति रहने गरेको तालपोखरा संरक्षण समिति सदस्य जनक भण्डारी बताउनुुहुन्छ । सडक सुविधाको पहुँच भएपछि तालपोखरा आउन पर्यटकलाई सहज भएको भण्डारीको भनाइ छ । तालमा पाँच वटा डुङ्गा रहेको डुङ्गा चालक भगवान देवकोटाले जानकारी दिनुभयो ।

ताल परिसरको आरामस्थल चिटिक्क पारिएको छ । हाल दैनिकजसो एक सयभन्दा बढी पर्यटक आउने गरेको जनाइएको छ । वर्षायाममा पानी जम्मा हुने सामान्य पोखरीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले यहाँका स्थानीयले व्यवस्थित ताल निर्माण गरी सञ्चालनमा ल्याएपछि यो क्षेत्र पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ । नेपाल सरकारले पनि यस क्षेत्रलाई एक सय पर्यटकीय गन्तस्थलको रूपमा सुचीकृत गरी पर्यटन विकासमा सघाएको छ । रासस