९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

बिम्स्टेकको तेस्रो  कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न

बिम्स्टेकको तेस्रो  कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
अ अ+ अ-

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । बुधबार बसेको मन्त्रिस्तरीय बैठकले उक्त वक्तव्य अनुमोदन गरेको थियो ।

बैठकमा भारत र भूटानका मन्त्रीको भौतिक उपस्थिति थियो भने बङ्गलादेश, म्यान्मार र श्रीलङ्काका मन्त्रीहरू ‘भर्चुअल’ माध्यमबाट सहभागी हुनुभयो । बैठकमा क्षेत्रीय कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको सहकार्यलाई प्रवर्द्धन गर्ने र यस क्षेत्रका कृषि सम्बद्ध मुख्य चुनौतीहरूको समाधान गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

बैठकको अध्यक्षता गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको विकासका लागि बिम्स्टेक सदस्यीय राष्ट्रहरूको सहकार्यमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तन, विषादीको बढ्दो प्रयोगले बिम्स्टेकअन्तर्गतका राष्ट्रहरूमा चुनौती थपेको उल्लेख गर्दै यसको सामनाका लागि आपसमा सहकार्यको आवश्यकता औँल्याउनुभयो ।

बैठकमा बिम्स्टेक राष्ट्रहरूमा कृषि क्षेत्रमा भएका कार्यक्रम र कृषि क्षेत्रको सहकार्यको कार्ययोजना कार्यान्वयनको प्रगति समीक्षा, कृषि क्षेत्रको भावी लक्ष्य र योजनाहरूमा छलफल गरिएको थियो ।

बिम्स्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारको स्थापना र क्षेत्रीय बीउ भण्डार स्थापना,  क्षेत्रीय कृषि व्यापारको प्रवर्द्धनका विषयमा भएको सहमतिका अतिरिक्त सदस्य राष्ट्रको कृषि क्षेत्रमा क्षमता विकासका लागिसमेत विशेष पहल गर्ने सहमति भएको जारी वक्तव्यमा उल्लेख छ । यस्तै, कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धनका लागि बिम्स्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधारको स्थापनाका लागि सदस्य राष्ट्र भारतबाट अवधारणा प्रस्तुत भएको थियो । साथै, पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यका लागि नयाँ कार्ययोजनाको अनुमोदन गरिएको र कृषि क्षेत्रका विकासका कार्ययोजनाअनुसार सम्भाव्य क्रियाकलापहरूबारे छलफल भएको जनाइएको छ ।

यस अवसरमा नेपालमा सन् २०२५ को जुन महिनामा आयोजना हुने पर्वतीय कृषि प्रविधि कार्यशाला र श्रीलङ्कामा जलवायु स्मार्ट कृषि केन्द्रको स्थापनाका विषयमा समेत छलफल भएको छ । सदस्य राष्ट्र श्रीलङ्काले सन् २०२७ मा हुने आगामी चौथो बिम्स्टेक कृषि मन्त्रिस्तरीय बैठक तथा उच्च अधिकारीहरूको बैठक आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैबीच कृषिमन्त्री अधिकारीले भारतका कृषिमन्त्री शिवराज सिंह चौहान र भूटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सोसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । नेपाल र भूटानबीच कृषि क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठक बसी साझा हितका विषयमा छलफल भयो । उक्त बैठकमा प्राङ्गारिक खेती अनुसन्धान, प्रविधि विकास, जलवायुमैत्री कृषि प्रणाली विकास, कृषि र पशुपन्छी आनुवंशिक स्रोतको आदानप्रदान, कृषि व्यापारलगायत विषयमा छलफल भएको कृषिमन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।  रासस