२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखकद्वारा आन्दोलनका घाइतेको स्वास्थ्यावस्थाबारे जानकारी



अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेलाई आज विभिन्न अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । गृहमन्त्री लेखकले घाइतेहरूको उपचारको व्यवस्था सरकारले मिलाउने बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले पनि तीनकुने घटनाका घाइतेलाई सरकारले उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “अस्पतालले घाइतेको उपचार निःशुल्क गरेको वा नगरेकोबारे बुझ्न आएको छु ।

उहाँले बिरामीका आफन्तले आफँैले खर्च गरिसकेको बिलको प्रमाणीकरण अस्पतालले गर्ने र त्यसको भुक्तानी सरकारले गर्ने जानकारी दिनुभयो । “अहिले बाहिरबाट औषधि किनेर खर्च गरे पनि त्यो खर्च गरेको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र त्यसको भुक्तानी सरकारले गर्छ ।”

पूर्वराजाका समर्थकले यही चैत १५ गते तीनकुने क्षेत्रमा गरेको प्रदर्शनपछि भएको झडपमा दुई जनाको मृत्यु भएको थियो । सो घटनाका पाँच घाइते हाल उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत हुनुहुन्छ ।

त्यसैगरी मन्त्री लेखकले जनकपुरको तबेला नगरपालिकामा भएको आन्दोलनमा घाइते भएका सञ्जय यादवकोसमेत स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यादव राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्छ । रासस