११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मुल्यमा पुनः रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजामा सुनको मुल्यले एकपछि अर्को रेकर्ड बनाउने क्रम रोकिएको छैन । कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुनको साताको पहिलो दिन तोलामा ३ सय बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तीम दिन शुक्रबार ९९ हजार ३ सयमा कारोबार भएको सुन आईतबार तोलामा ९९ हजार ६ सयमा कारोबार भएको हो । 

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको छ । यस्तै चाँदीको मुल्य पनि बढेको छ ।  आज चाँदी तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।