२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्सुलर महानिर्देशक बन्ने पहिलो महिला बनिन् द्रुपदा सापकोटा



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयले द्रुपदा सापकोटालाई कन्सुलर विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । परराष्ट्र मन्त्रालयले एक दर्जन सहसचिवहरुको सरुवा गर्दै सापकोटालाई कन्सुलर विभागको महानिर्देशक बनाएको हो ।

यो जिम्मेवारीसँगै कन्सुलरको महानिर्देशक बन्ने उनी पहिलो महिला बनेकी छन् । उनले दिल्ली दूतावासमा पोलिटिकल काउन्सिलरका रुपमा कार्यरत थिइन् भने उनले त्यसअघि मलेसिया र अष्ट्रेलियामा रहेको नेपाली दूतावासमा कार्यवाहक राजदूत भएर काम गरिसकेकी छन् ।

साथै, मन्त्रालयले सहसचिवहरु पारस पण्डित, हरि ओडारी, ज्ञानबहादुर मगर, दधी भण्डारी, लक्ष्मण खनाल, सुरेन्द्र यादव र सुरेश अधिकारीहरुको सरुवा गरेको हो । सरुवा हुनेमा अधिकांशलाई महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ ।