३२ असार २०८३, बिहीबार
,
Latest
उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सहकार्य आवश्यकः मन्त्री श्रेष्ठ महँगो मुल्यमा विक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्सुलर महानिर्देशक बन्ने पहिलो महिला बनिन् द्रुपदा सापकोटा



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयले द्रुपदा सापकोटालाई कन्सुलर विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । परराष्ट्र मन्त्रालयले एक दर्जन सहसचिवहरुको सरुवा गर्दै सापकोटालाई कन्सुलर विभागको महानिर्देशक बनाएको हो ।

यो जिम्मेवारीसँगै कन्सुलरको महानिर्देशक बन्ने उनी पहिलो महिला बनेकी छन् । उनले दिल्ली दूतावासमा पोलिटिकल काउन्सिलरका रुपमा कार्यरत थिइन् भने उनले त्यसअघि मलेसिया र अष्ट्रेलियामा रहेको नेपाली दूतावासमा कार्यवाहक राजदूत भएर काम गरिसकेकी छन् ।

साथै, मन्त्रालयले सहसचिवहरु पारस पण्डित, हरि ओडारी, ज्ञानबहादुर मगर, दधी भण्डारी, लक्ष्मण खनाल, सुरेन्द्र यादव र सुरेश अधिकारीहरुको सरुवा गरेको हो । सरुवा हुनेमा अधिकांशलाई महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ ।