२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि जेल चलान भएपछि रास्वपाको सचिवालय बैठक आज, के गर्दैछ निर्णय ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएपछि पार्टी सचिवालयको बैठक बस्न लागेको हो ।

आज दिउँसोका लागि बोलाइएको बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने छ ।