२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरी भएका सवारीसाधन फेला पारी हस्तान्तरण



अ+ अ-

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका २० थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाहपथको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १३ मोटरसाइकल र सात स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा विभिन्न स्थानबाट खोजीगरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको जगाति, चुनदेवी, बानेश्वर, गौरीघाट, मङ्गलबजार, इमाडोल, लुभु, सोह्रखुट्टे, कलङ्की, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानीलगायत स्थानबाट उक्त सवारीसाधन फेला पारेको थियो । प्रहरीले चालू आर्थिक वर्षमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३८६ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारीसाधन चोरीमा संलग्न ५४ जनालाई पक्राउ गरेको छ ।  ट्राफिक प्रहरीले आव २०७९/०८० मा ४९९ वटा र आव ०८०/०८१ मा ४१७ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको थियो ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।  रासस