९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

नेपाल बारको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनका मिश्रको फराकिलो अग्रता

नेपाल बारको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनका मिश्रको फराकिलो अग्रता
अ अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि शनिबार भएको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनका अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले फराकिलो अग्रता बनाएका छन् ।

मतगणनाको दोस्रो दिन नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्राडा मिश्रले मतान्तर फराकिलो पारेका हुन् । आज साँझसम्मको गणनाअनुसार उनी नेकपा माओवादीनिकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठभन्दा १ हजार १४३ मतले अगाडि छन् ।

निर्वाचन समितिका अनुसार मिश्रले २ हजार ३ सय ४३ मत प्राप्त गर्दा श्रेष्ठले १ हजार २ सय मत ल्याएका छन् ।

त्यसैगरी मिश्र समूहका महासचिवका उम्मेदवार केदार कोइरालाले २३ सय ५२ मत प्राप्त गर्दा श्रेष्ठ समूहका महासचिवका उम्मेदवार यज्ञमणि न्यौपानेले १ हजार ५२ मत ल्याएका छन् ।

बारको चुनावको अन्तिम मतगणना बिहीबारसम्म सार्वजनिक गर्ने तयारी छ । नेपाल बारको शनिबार भएको चुनावमा ७ हजार ९ सय ९५ मत खसेको थियो । मतगणना नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा भइरहेको छ ।