१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

पशुपतिका सम्पदा ओझेल पर्नेगरी कुनै काम हुँदैन: पर्यटनमन्त्री

पशुपतिका सम्पदा ओझेल पर्नेगरी कुनै काम हुँदैन: पर्यटनमन्त्री
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालाको राय सुझाव समेटेर अघि बढ्ने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले विस्तृत अध्ययन गरी स्थानीय सरोकारवालासमेतको राय सुझावका आधारमा अन्तिम प्रतिवेदन तयार गर्न तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुख प्रदीप कोइराला, सहसचिव तथा योजना महाशाखा प्रमुख कमल भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम रहेका छन् । गुरुयोजनाका सन्दर्भमा सबै पक्षसँग छलफल÷परामर्श गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।
    
कोषको प्रस्तावित गुरुयोजनाबारेमा आज सरोकारवालासँगको छलफलपछि पर्यटनमन्त्री योगेशकुमार भट्टराईले तीन सदस्यीय कार्यदलको घोषणा गर्दै कोषको सम्पदा ओझेलमा पर्ने गरी कुनै पनि किसिमको काम नहुने स्पष्ट पारे। गुरुयोजनाका बारेमा सार्वजानिकरुपमा विभिन्न टीकाटिप्पणी भएपछि मन्त्रालयले आज स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालासहितको छलफल गरेको थियो ।

सो छलफलमा पशुपति क्षेत्रबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद गगन थापा, प्रदेशसभा सांसद नरोत्तम वैद्य, काठमाडौं महानगरपालिका–७ का अध्यक्ष शुद्ध डङ्गोल, वडा नं ८ का अध्यक्ष दिनेशकुमार डङ्गोल, वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ, स्थानीय तथा राजनीतिक दलका प्रतिनिनिधि निर्मल कुइँकेल, निर्मल देउला तथा प्रस्तावित गुरुयोजनाविरुद्ध गठित सङ्घर्ष समितिका प्रतिनिधि तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । छलफलमा सहभागीको धारणा सुनेपछि पर्यटनमन्त्री भट्टराईले सरकारले तोकेको कार्यदेशभित्र रहेर कोषले गतिविधि सञ्चालन गरिरहेको उललेख गर्दैै पशुपतिका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वलाई ओझेलमा पार्ने गरि कुनै पनि काम नहुने बताए । 

उनले भने, “स्थानीय सरोकारवालाका कुरा पनि सुन्नुपर्छ त्यसैले अहिले जहाँ पुगेको छ त्यही रोकौँला तर यसो भन्दैमा सधैँ रोक्न सकिन्न । अगाडि बढ्नै पर्छ ।” विसं २०४३ मा सरकारले तोकेको कोषको चार किल्लालाई मुख्य आधार बनाएर कोषले आफ्नो गुरुयोजना बनाएको बताए । “उक्त चार किल्लाभित्र पनि केही ‘कोर’ क्षेत्र छ, त्यो क्षेत्रलाई मानव बस्तीरहित बनाउनै पर्छ । बाँकीको हकमा निजी संरचना निर्माण गर्दा पशुपतिको महत्व ओझेलमा नपर्ने गरी निश्चित मापदण्ड बनाउनुपर्ने हुन्छ”, मन्त्री भट्टराईले भने।
    
मन्त्री भट्टराईले गुरुयोजनाका नाममा बाहिर हल्ला चलाइए जस्तो हिजोका जात्रा तथा पर्व नाश गर्न नखोजिएको पनि प्रष्ट पारे । पशुपतिको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्व जोगाउने कुरा हामी सबैको साझा कर्तव्य भएको उनले उल्लेख गरे । मुलुक सङ्घीय संरचनामा गइसकेको आजको अवस्थामा पशुपति विकास कोषको हिजोको साङ्गठानिक संरचना पनि परिवर्तन गर्नुपर्ने औँल्याउँदै गुरुयोजना कार्यान्वयन विवेकपूर्ण ढङ्गले हुने भएकाले यही विषयलाई लिएर सङ्घर्षरत स्थानीयलाई आन्दोलनका कार्यक्रम बन्द गरेर पशुपति क्षेत्रलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे ।
    
कार्यक्रममा सांसद गगन थापाले गुरुयोजनाका सन्दर्भमा सार्वजनिकरुपमा टीकाटिप्पणी भएपछि सबै पक्षलाई छलफलमा बोलाउनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै प्रस्तावित गुरुयोजना अहिले जहाँ पुगेको छ, केही समयका लागि त्यही रोकेर थप छलफल तथा परामर्श गर्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्ने अधिकांशले विसं २०५६ को पहिलो गुरुयोजनाको समीक्षा हुनुपर्ने धारणा राखेका थिए । पहिलो गुरुयोजनाअन्तर्गत केकति काम भए त्यसको समीक्षा नगरी अर्को गुरुयोजनामा अगाडि बढाउन नहुने तथा गुरुयोजनाको नाममा बस्ती स्थान्तरण गर्दा मौलिक संस्कृति नाश हुने उनीहरुको चिन्ता थियो । कार्यक्रममा गुरुयोजना तत्काल रोक्न माग गर्दै सङ्घर्ष समितिका नामबाट मन्त्री भट्टराई समक्ष ज्ञापनपत्र बुझाइएको थियो ।