२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा



अ+ अ-

काठमाडौँ। बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरु काठमाडौँ आउँदै हुनुहुन्छ ।

यसअघि सचिवस्तरीय बैठक काठमाडाँैमा बसेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ । सो बैठकमा बिम्स्टेक राष्ट्रका कृषिसँग सम्बन्धित सचिवहरु सहभागी हुनुहुन्थ्यो ।

सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव तय गरेको जनाइएको छ । बिम्स्टेक सदस्य रहेका सात राष्ट्रमध्ये तीन राष्ट्रका कृषिमन्त्री बैठकमा सहभागी हुने र बाँकी राष्ट्रका मन्त्रीहरुले भर्चुअलरुपमा सहभागिता जनाउनुहुने मन्त्रालयले जनाएको छ ।

बुधबार हुने मन्त्रीस्तरीय बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नुहुनेछ । बैठकमा सहभागी हुन भारत र भुटानका कृषिमन्त्रीहरु आज बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम छ । बैठकमा सदस्य राष्ट्रहरुमा कृषिको अवस्था, चुनौती र सहकार्यमा छलफल हुने मन्त्रालयले जनाएको छ ।रासस