११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पोजिटिभ



अ+ अ-

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।

त्यसैगरी देशभर २ सय ४६ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन्। विगत २४ घण्टामा १ सय ११ जनाले कोरोनालाई जितेर निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल संक्रमितमध्ये ८० प्रतिशत निको भइसकेको प्रवक्ता गौतमले बताए।