१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाले सञ्चालन गरेको घुम्ती खाद्य प्रयोगशालामा २४ भन्दा बढी प्रकारका परीक्षण हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि घुम्ती खाद्य प्रयोगशाला सञ्चालन सुरु गरेको छ ।

महानगरल स्त्री तथा प्रसुति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरुमा परिक्षण गरि यसको सुरुवात गरेको हो ।

खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरै परीक्षण हुने क्षमता छ । यी उपकरणको प्रयोगले बजारबाट संकलित नमूना तत्कालै परीक्षण गरे नतिजा देखाउन सकिन्छ ।

यसपछि महानगरपालिका र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरुको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाहरुको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्नेछ ।

प्रयोगशालामा फलफुल तथा तरकारीमा विषादीको अवषेशको परिणाम परीक्षण गर्ने उपकरण (आ.. वि. पि. आर.) पनि छ । दुधमा भएको चिल्लो पदार्थ मापन गर्न गर्वर सेन्ट्रिफ्युज, दुधमा भएको सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्टरेसन किट, दुधको सोलिड नट फ्याट (एस. ए.। एफ.) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एडल्टरेसन किट, पानीको पि.एच. परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै, प्रयोगशालामा खाद्य पदार्थ नमूनाको तौल जाँच्ने उपकरण व्यालेन्स, खाद्य पदार्थको नमूना परीक्षण लागि आवश्यक पर्ने वाटर बाथ, जलांश परीक्षण गर्ने मोइस्चर व्यालेन्स पनि छ । नमूना खाद्य पदार्थ जाँच्नका लागि पिँधेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थको नमूनालाई एकरुपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर, तेलको गुणस्तर परीक्षण गर्ने कुकिङ् आयल टेस्टर छन् । तेल, घ्यू जस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इण्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केटचप, फलफुल जुसमा टि. एस. एस (सम्पूर्ण घुलनशील ठोस) परीक्षण गर्ने रिफ्राक्टोमिटर छ । नमूना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक व्युरेट, तापक्रम परीक्षण गर्ने टेम्प्रेचर प्रोब छ । हानीकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ । खाद्य पदार्थको नमूना राख्ने रेफ्रिजेरेटर छ । उपकरणहरुसँग जोडेर काम गर्न सकिने ल्यापटप छ । यो प्रयोगशाला तापक्रम अनुकुलित(एअर कन्डिसन) र संकलित नमूनाका कणहरुको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनीएक्टर छ ।

खाद्य पदार्थ तताउने हट प्लेट छ । हात धुने तथा अन्य चिज पखाल्ने ठाउँ धारा र वेसिन छ । मिठाइमा प्रयोग गरिने अखाद्य रंगको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकोले मिठाइमा रङ्गको मिसावट तत्कालै थाहा पाउन सकिन्छ ।

खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बिच सम्झौता गरेर यो प्रयोगशालाको भ्यानलाई अनुगमनमा प्रयोग गर्न थालिएको हो । अनुगमन निरीक्षणमा प्रयोगशालासहित खाद्य प्राविधिक, माइक्रोवायोलोजिष्ट तथा विज्ञसहितको संयुक्त टोली हुनेछ ।

महानगरपालिकाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार यस अघि पनि संकलन भएका खाद्य पदार्थको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । त्यसको नतिजा आउन बाँकी छ ।