११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना : अमिताभ बच्चन डिस्चार्ज भए, गृहमन्त्रीलाई कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । भारतीय फिल्मी जगत बलिउडका एकजना चर्चित अभिनेता अमिताभ बच्चनले कोरोनालाई जितेका छन् । उनी कोरोनामुक्त भएर आजै अस्पतालबाट डिस्चार्ज भएको समाचार आएको छ । फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी गराएसँगै अमिताभ बच्चन आज डिस्चार्ज पनि भएका बताइएको छ । 

बच्चनका अनुसार उनी अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहनेछन् । कोरोना संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।

उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना देखिएको थियो । उनको परिवारका ती सबैजना अब संक्रमण मुक्त भएका भारतीय मिडियाले जनाएका छन् ।
उता आइतबार प्राप्त अर्काे एक समाचारअनुसार भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि भएको छ । उनको रिपोर्ट पोजेटिभ आएको आइतबारका भारतीय मिडियाले जानकारी गराएका हुन् ।