४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना : अमिताभ बच्चन डिस्चार्ज भए, गृहमन्त्रीलाई कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । भारतीय फिल्मी जगत बलिउडका एकजना चर्चित अभिनेता अमिताभ बच्चनले कोरोनालाई जितेका छन् । उनी कोरोनामुक्त भएर आजै अस्पतालबाट डिस्चार्ज भएको समाचार आएको छ । फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी गराएसँगै अमिताभ बच्चन आज डिस्चार्ज पनि भएका बताइएको छ । 

बच्चनका अनुसार उनी अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहनेछन् । कोरोना संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।

उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना देखिएको थियो । उनको परिवारका ती सबैजना अब संक्रमण मुक्त भएका भारतीय मिडियाले जनाएका छन् ।
उता आइतबार प्राप्त अर्काे एक समाचारअनुसार भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि भएको छ । उनको रिपोर्ट पोजेटिभ आएको आइतबारका भारतीय मिडियाले जानकारी गराएका हुन् ।