५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी फैलियो प्रहरी प्रधान कार्यालयभित्रै कोरोना ?



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ ।

प्रधान कार्यालयमा सुरुमा ११ साउनमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएकामा आइतबारसम्म ९नौ दिनको अवधिमा० संक्रमितको संख्या ७२ पुगेको छ । सुरुमा संक्रमण पुष्टि भएका प्रहरीमध्ये तीन जना सवारी र एक जना सञ्चार शाखामा कार्यरत थिए ।

उनीहरूलाई सामान्य ज्वरो आएपछि उपचारका लागि प्रहरी अस्पताल पठाइएको थियो । प्रहरी अस्पतालले भने कोरोनाको आशंकामा उनीहरूलाई परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको थियो । सो क्रममा प्रहरी प्रधान कार्यालयका प्रहरीमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

प्रधान कार्यालयले हालसम्म संक्रमण पुष्टि भएका प्रहरीहरूसँग सम्पर्कमा रहेका ५६ जना प्रहरीलाई प्रधान कार्यालयभित्रै क्वारेन्टिनमा राखेको छ ।

प्रधान कार्यालयले सुरुमा संक्रमण पुष्टि भएकाहरूबाटै संक्रमणको स्रोत खोजी गरिरहेको छ । प्रहरीले राजधानीमा भइरहेका प्रदर्शनहरूबाट समेत संक्रमण सरेको हुन सक्ने आशंका गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले संक्रमणको स्रोत यही नै हो भनेर भन्ने अवस्था हालसम्म नरहेको बताए ।

‘संक्रमणको स्रोत के हो र कसरी स(यो भन्ने स्वास्थ्यसँग सम्बन्धित विषय होला, हामी समेत संक्रमणको स्रोत के हो भन्नेमा अनभिज्ञ छौं,’ प्रहरी प्रवक्ता कडायतले भने ।

शनिबार मात्रै ट्राफिक प्रहरी महाशाखाका दुई ट्राफिक प्रहरीमा समेत संक्रमण पुष्टि भएको थियो । ट्राफिक महाशाखामा संक्रमण पुष्टि भएसँगै महाशाखा प्रमुख एसएसपी भीम ढकालसहित ३ सय ४२ जना महाशाखाभित्रै क्वोरेन्टिनमा छन् ।

महाशाखा प्रमुख ढकालका अनुसार महाशाखामा पहिलेबाटै क्वारेन्टिनमा बसेका ६१ जनाबाहेक २ सय ८१ जनाको कोरोना परीक्षणको तयारी महाशाखाले गरिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकासहित देशभर आइतबारसम्म २ सय ५३ जना प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।