६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी फैलियो प्रहरी प्रधान कार्यालयभित्रै कोरोना ?



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ ।

प्रधान कार्यालयमा सुरुमा ११ साउनमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएकामा आइतबारसम्म ९नौ दिनको अवधिमा० संक्रमितको संख्या ७२ पुगेको छ । सुरुमा संक्रमण पुष्टि भएका प्रहरीमध्ये तीन जना सवारी र एक जना सञ्चार शाखामा कार्यरत थिए ।

उनीहरूलाई सामान्य ज्वरो आएपछि उपचारका लागि प्रहरी अस्पताल पठाइएको थियो । प्रहरी अस्पतालले भने कोरोनाको आशंकामा उनीहरूलाई परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको थियो । सो क्रममा प्रहरी प्रधान कार्यालयका प्रहरीमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

प्रधान कार्यालयले हालसम्म संक्रमण पुष्टि भएका प्रहरीहरूसँग सम्पर्कमा रहेका ५६ जना प्रहरीलाई प्रधान कार्यालयभित्रै क्वारेन्टिनमा राखेको छ ।

प्रधान कार्यालयले सुरुमा संक्रमण पुष्टि भएकाहरूबाटै संक्रमणको स्रोत खोजी गरिरहेको छ । प्रहरीले राजधानीमा भइरहेका प्रदर्शनहरूबाट समेत संक्रमण सरेको हुन सक्ने आशंका गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले संक्रमणको स्रोत यही नै हो भनेर भन्ने अवस्था हालसम्म नरहेको बताए ।

‘संक्रमणको स्रोत के हो र कसरी स(यो भन्ने स्वास्थ्यसँग सम्बन्धित विषय होला, हामी समेत संक्रमणको स्रोत के हो भन्नेमा अनभिज्ञ छौं,’ प्रहरी प्रवक्ता कडायतले भने ।

शनिबार मात्रै ट्राफिक प्रहरी महाशाखाका दुई ट्राफिक प्रहरीमा समेत संक्रमण पुष्टि भएको थियो । ट्राफिक महाशाखामा संक्रमण पुष्टि भएसँगै महाशाखा प्रमुख एसएसपी भीम ढकालसहित ३ सय ४२ जना महाशाखाभित्रै क्वोरेन्टिनमा छन् ।

महाशाखा प्रमुख ढकालका अनुसार महाशाखामा पहिलेबाटै क्वारेन्टिनमा बसेका ६१ जनाबाहेक २ सय ८१ जनाको कोरोना परीक्षणको तयारी महाशाखाले गरिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकासहित देशभर आइतबारसम्म २ सय ५३ जना प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।