१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै

हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै
अ अ+ अ-

काठमाडौं । मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । दैनिक सभा, बैठकसमेत हुने गरेका छन् । होटेल, किराना पसल, सुपरमार्केट, वित्तीय संस्था, बैंकलगायतमा भीड लाग्न थालेको छ ।

यस्तै, सार्वजनिक सवारी साधनमा पनि भौतिक दूरी कायम गराउन निकै कठिनाइ देखिएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरूको संख्या अभिलेख नगरिँदा कन्ट्याक्ट ट्रेसिङ गर्न अप्ठेरो हुने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा पनि दुई मिटर भौतिक दुरी कायम गर्न भने पनि व्यवहारतः त्यसो हुन सकेको छैन । स्वास्थ्य अधिकारीहरू आत्मानुशासनबाट कोरोनालाई परास्त गर्न सकिने बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले १२ वर्षभन्दा कम र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सकेसम्म बाहिर आवतजावत नगर्न भनेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनावश्यक रूपमा बाहिर ननिस्किन आग्रह गरे । पछिल्ला दिनमा सहरी क्षेत्रमा मानिसको आवतजावत बाक्लिँदै गएको छ । बाहिर निस्किँदा र काम सकिँदा अति आवश्यक मानिएका मास्क, सेनिटाइजर, साबुनपानीको समेत उचित प्रयोग गर्न जनस्वास्थ्य विज्ञहरूले सुझाव दिँदै आएका छन् ।

यसैबीच, आइतबार २ सय ४६ जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ७२ पुगेको छ । प्रदेश १ २ सय ५१, प्रदेश २ मा २ हजार १ सय ७५, बाग्मती प्रदेशमा ६ सय ६, गण्डकी प्रदेशमा २ सय ८७, प्रदेश ५ मा ३ सय ९६, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म संक्रमितमध्ये १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन् । जसअन्तर्गत प्रदेश १ मा ८ सय ५८, प्रदेश २ मा ३ हजार १ सय ६४, बाग्मती प्रदेशमा ५ सय ३४, गण्डकी प्रदेशमा १ हजार ३ सय ६, प्रदेश ५ मा ३ हजार ९ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७६ जना डिस्चार्ज भएका छन् ।

हालसम्म ३ लाख ९१ हजार २ सय ७० जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । आइतबार मात्रै ८ हजार ८ सय ६१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा छन् । संक्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ ।, राजधाानीबाट