९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ?



अ+ अ-

काठमाडौं । काठमाडौंमा आज विभिन्न समूहले प्रदर्शन गर्दै छन् । राप्रपा, सामुदायिक विद्यालयका शिक्षक र सहकारीपीडितले गर्ने प्रदर्शनले ट्राफिक अबरुद्ध हुने देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गर्दैछ । राप्रपाको विभिन्न स्थानबाट निकालिएको र्‍याली बल्खुमा पुगेर विरोध सभामा परिणत हुने छ ।

काठमाडौंको माइतीघरदेखि बबरमहल सडकमा शिक्षक आन्दोलन विगत केही दिनदेखि जारी रहेको छ ।

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितलनिवास नजिकसम्म प्रदर्शन गर्दै आएका छन् ।

यसरी छुट्टाछुट्टै प्रदर्शनका कारण काठमाडौं उपत्यकाको आवागमन प्रभावित हुने देखिएको छ ।

यसैबीच सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरीले हिजो एक सूचना जारी गर्र्दै सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको हो ।

यी हुन् डाइभर्सन गरिने स्थानहरू

खसिबजार – मकालु – कलङ्की चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

कार्यक्रममा सहभागी हुन सवारी साधन लिएर आउने व्यक्तिहरूले पार्किङ गर्ने स्थानहरू :
टियू गेटदेखि चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुक्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला – बाफल सडक खण्डमा एक लाइन

नेपाल शिक्षक महासंघले माइतीघर मण्डलादेखि बानेश्वर–माइतीघर सडक खण्डको बीचमा र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा आवश्यकता अनुसार डाइभर्सन मिलाएको प्रहरीको भनाइ छ ।

आन्दोलन स्थलको सडक प्रयोग गर्दा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।