२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनकासुन्दरीमा निःशुल्क आँखा शिविर सम्पन्न



फाइल फोटो
अ+ अ-

जुम्ला। यहाँको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट सिँजा स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार र आइतबार सञ्चालित सो दुईदिने आँखा शिविरमा ६०१ जनाले आँखा जाँच गराएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोग, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजना गरिएको शिविर सञ्चालन गरिएको थियो । शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया तथा ३०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक वीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष यहाँ निःशुल्क आँखासम्बन्धी शिविर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताउनुभयो । शिविरमा उपचारपछि बिरामीलाई घरसम्म पु¥याउने, खानबस्नको व्यवस्था तथा फलफूल प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो । रासस