२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीको हेलिकप्टबाट उद्धार



अ+ अ-

सुर्खेत। जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ की ३० वर्षीया राजुकमारी शाहीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

सुत्केरीपछि अत्यधिक रक्तश्राव भएका कारण प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोटमा उपचार सम्भव नभएपछि शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । उहाँ यही चैत २३ गते सुत्केरी हुनुभएको थियो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शाहीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिनुभयो । रासस