४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी सम्राटद्वारा द्वितीय विश्वयुद्धको युद्धस्थल इवोजिमाको भ्रमण



अ+ अ-

जापान। जापानका सम्राट नारुहितोर साम्राज्ञी मासाकोले सोमबार दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव मनाउन सानो प्रशान्त टापुइवोजिमाको दुर्लभ भ्रमण गर्नुभएको छ ।

टोकियोबाट करिब एक हजार २५० किलोमिटर दक्षिणमा रहेको जापानी टापु सन् १९४५ मा युद्धकालीन शत्रुहरू जापान र संयुक्तराज्य अमेरिकाबीच पाँच हप्तासम्म चलेको लडाइँको स्थल थियो ।

टापुमा रहेका जापानका लगभग सबै २१ हजार सैनिक लडाइँका क्रममा मारिएका थिए भने अमेरिकी पक्षमा छ हजार आठसयभन्दा बढी मारिएका र १९ हजार घाइते भएका थिए । जापानमा इवो–तो भनेर चिनिने टापुमा वर्षा हुँदा शाही दम्पतीले फूल चढाएर युद्धमा मरेका मानिसहरूको स्मारकमा धार्मिक रूपमा पानी खन्याउनुभयो ।

प्रधानमन्त्री सिगेरुइसिबार अमेरिकी रक्षामन्त्री पिटहेगसेथले गत महिना इवोजिमाको लडाइँको ८० वर्ष पुगेको अवसरमा संयुक्त रूपमा टापुको भ्रमण गर्नुभएको थियो । यो लडाइँले चलचित्रर पुस्तकहरूलाई प्रेरित ग¥यो तर यो द्वितीय विश्वयुद्धको सबैभन्दा प्रसिद्ध तस्बिरहरूमध्ये एक – माउन्ट सुरिबाचीको भग्नावशेष ढाकेको सतहमा अमेरिकी मरिनहरूको एक समूहले अमेरिकी झन्डा फहराइरहेको देखाउने तस्बिरसँग सबैभन्दा बढी जोडिएको छ ।

आज यो टापु नागरिकहरूका लागि प्रतिबन्धित छ र यसको खैरो समुद्री किनारामा युद्धपोतका क्षतिग्रस्त भागहरू छरिएका छन् तथा हरियालीमा जिङ्ग लागेका परित्यक्त ट्याङ्कहरू अवस्थित छन् ।

यस दुर्गम ज्वालामुखी टापुमा युद्धमा मृत्यु भएकाहरूका अवशेष खोज्ने प्रयास जारी छ । त्यहाँ एएफपी पत्रकारले सोमबार गन्धकको गन्ध हावामा फैलिएको बताए । नारुहितोका आमाबाबु एवं पूर्व–सम्राट अकिहितो र पूर्वसाम्राज्ञी मिचिकोले सन् १९९४ मा यस टापुको भ्रमण गर्नुभएको थियो । रासस/एएफपी