२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 1.03

Humidity: 77

Latest
राजसंस्थाको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिक जुलियनलाई आज देश निकाला गरिँदै आकृतिको अध्यक्षतामा अमेरिकाको रकी माउन्टेन संस्थाको नयाँ कार्यसमिति चयन गायक प्रकाश सपुतको अनुभव : ‘२०८१ सालमा जहाँबाट उठेको थिएँ, त्यहिँ पछारिएँ’ उद्घाटन खेलमा छिन्नमस्ता रुपनी र कोसी दुहबीले प्रतिस्पर्धा गर्ने अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल सुनसरीमा गोली प्रहार, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी सम्राटद्वारा द्वितीय विश्वयुद्धको युद्धस्थल इवोजिमाको भ्रमण



अ+ अ-

जापान। जापानका सम्राट नारुहितोर साम्राज्ञी मासाकोले सोमबार दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव मनाउन सानो प्रशान्त टापुइवोजिमाको दुर्लभ भ्रमण गर्नुभएको छ ।

टोकियोबाट करिब एक हजार २५० किलोमिटर दक्षिणमा रहेको जापानी टापु सन् १९४५ मा युद्धकालीन शत्रुहरू जापान र संयुक्तराज्य अमेरिकाबीच पाँच हप्तासम्म चलेको लडाइँको स्थल थियो ।

टापुमा रहेका जापानका लगभग सबै २१ हजार सैनिक लडाइँका क्रममा मारिएका थिए भने अमेरिकी पक्षमा छ हजार आठसयभन्दा बढी मारिएका र १९ हजार घाइते भएका थिए । जापानमा इवो–तो भनेर चिनिने टापुमा वर्षा हुँदा शाही दम्पतीले फूल चढाएर युद्धमा मरेका मानिसहरूको स्मारकमा धार्मिक रूपमा पानी खन्याउनुभयो ।

प्रधानमन्त्री सिगेरुइसिबार अमेरिकी रक्षामन्त्री पिटहेगसेथले गत महिना इवोजिमाको लडाइँको ८० वर्ष पुगेको अवसरमा संयुक्त रूपमा टापुको भ्रमण गर्नुभएको थियो । यो लडाइँले चलचित्रर पुस्तकहरूलाई प्रेरित ग¥यो तर यो द्वितीय विश्वयुद्धको सबैभन्दा प्रसिद्ध तस्बिरहरूमध्ये एक – माउन्ट सुरिबाचीको भग्नावशेष ढाकेको सतहमा अमेरिकी मरिनहरूको एक समूहले अमेरिकी झन्डा फहराइरहेको देखाउने तस्बिरसँग सबैभन्दा बढी जोडिएको छ ।

आज यो टापु नागरिकहरूका लागि प्रतिबन्धित छ र यसको खैरो समुद्री किनारामा युद्धपोतका क्षतिग्रस्त भागहरू छरिएका छन् तथा हरियालीमा जिङ्ग लागेका परित्यक्त ट्याङ्कहरू अवस्थित छन् ।

यस दुर्गम ज्वालामुखी टापुमा युद्धमा मृत्यु भएकाहरूका अवशेष खोज्ने प्रयास जारी छ । त्यहाँ एएफपी पत्रकारले सोमबार गन्धकको गन्ध हावामा फैलिएको बताए । नारुहितोका आमाबाबु एवं पूर्व–सम्राट अकिहितो र पूर्वसाम्राज्ञी मिचिकोले सन् १९९४ मा यस टापुको भ्रमण गर्नुभएको थियो । रासस/एएफपी