१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’ News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’

नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो

नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो
अ अ+ अ-

काठमाडौं । राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए। त्यो संवादहीनता तोड्दै आइतबार तीन घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुवैले पहिलाभन्दा वरिष्ठतम् सहयोगी पनि राखे। अर्थात्, ओलीले सुवास नेम्बाङ र दाहालले झलनाथ खनाल।

छलफल भने ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो। एउटा पदबाट राजीनामा दिनुपर्ने दाहालले जिकिर गरे। त्यसमा कुरै नगर्ने ओलीले अडान कायम राखे। छलफलपछि ब्रिफिङ सुनेका एक नेताका अनुसार ओली र दाहालले अघिपछिको जस्तै मन माझामाझ गरे। आपसका अभिव्यक्तिदेखि आरोप–प्रत्यारोपसम्मका सन्दर्भमा पुरानै शैलीमा छेडखान पनि गरे। पार्टी एकता जोगाउने, पार्टी कमिटीबाटै छलफल गरेर निचोडमा पुग्ने भन्नेमा समेत चर्चा गरे।

तर, मिल्दा के–के विषयमा कसरी सहमति जुटाउने भन्नेमा भने दुवै पुरानै रटानमा अडिए। स्रोत भन्छ– ओली स्थायी समिति बैठक रोकेर सचिवालय बोलाउने मनस्थितिमा थिए। दाहाल भने अवरुद्ध स्थायी समिति बैठक कहिले बोलाउने भन्नेमै केन्द्रित देखिए।एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री स्थायी समिति बैठक बोलाउनेतिर देखिनु भएको छैन। केन्द्रीय समिति पनि उचालेर बोलाउन खोजिएको भन्नेमा हुनुहुन्छ। उहाँ सचिवालय बैठक बोलाउने, ३ साउनको प्रस्तावकै आधारमा सचिवालयवाट प्रस्ताव तयार पारेर अगाडि बढाउने गरी जान खोज्नु भएको छ। त्यसमा कुरा बाझिइरहेकै छ।’ साउन १३ मा ओलीले स्थायी समिति बैठक रोक्ने र दाहाल–नेपाल समूहले राख्ने दोहोरीबीच विवाद उत्कर्षमा पुगेको थियो। त्यसयता दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन। तर, दाहाललाई उनी निकट नेताहरूको बैठकले ओलीसँग संवाद गरेर सहमति खोजी गरी स्थायी समिति बैठक बोलाउन म्यान्डेट दिएको थियो।

त्यसयता दुई नेता आइतबार मात्रै संवादमा बसेका थिए। यसबीच दुवै अध्यक्षसँग महासचिव विष्णु पौडेलले दुई चरण र शंकर पोखरेलले दाहालसँग एक चरण छलफल गरेका थिए। त्यसले संवादको वातावरण बनाएको थियो।

बैठकमा १३ साउनमा दाहालको अध्यक्षतामा बालुवाटारमै बसेको बैठकलाई पार्टी बैठक भन्ने कि गुटको भेला भन्नेमा केहीबेर दुई अध्यक्षबीच भनाभन भएको थियो। दाहालले स्वेच्छाले एउटा पदबाट राजीनामा दिन ओलीलाई आइतबार पनि आग्रह गरेका थिए। ओलीले अहिले कुनै पद नछाड्ने बरु महाधिवेशन छिटो गरेर नेतृत्व सहज हस्तान्तरण गर्नै पुरानै कुरामा अड्डी लिएका थिए।बैठक सचिवालय बोलाउने या स्थायी समिति भन्नेमा पनि ओली दाहालका आ–आफ्नै मत थिए। ‘बैठक बस्ने विषयमा सहमति छ। उहाँ (प्रधानमन्त्री) को जोड सचिवालय बोलाउने भन्नेतिर छ। हाम्रो जोड स्थायी समितिको बैठकलाई छलफल गरी टुंग्याऔं भन्नेतिर छ। सहमतिको विकल्प भने छैन’, वरिष्ठ नेता खनालले भने।

नेम्बाङले भने संवाद सुरु भएको र सोमबार फेरि हुने छलफलले सम्भवतः एउटा निकास पहिल्याउने बताए। ‘दुई अध्यक्षको संवाद नै हुन नसकिरहेका बेला संवाद भएको छ। त्यो पनि सौहार्दपूर्ण वातावरणमा छलफल भयो। सबै विषयमा कुराकानी भए। अब झिनामसिना कुरामा नलाग्ने, वार्ता र संवादबाटै सहमति खोज्ने कुरा भएको छ। भोलि (सोमबार) ९ बजे फेरि बस्ने कुरा छ’, नेम्बाङले सञ्चारकर्मीहरूसँग भने, ‘आजै (आइतबार) निष्कर्षमा पुग्ने गरी छलफलमा जुटेका थियौं, अब फेरि भोलि जेरी खाँदै बसेर भरसक टुंग्याउने गरी जान्छ होला।’

दुई अध्यक्षको छलफलमा ओलीले त्यही जगमा टेकेर सहमति खोज्नुपर्ने धारणा राखेका छन्। त्यसो गर्दा प्रधानमन्त्री ओलीका लागि अहिले अनुकूल वातावरण पनि बनेको छ। उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव ओलीका लागि अनुकूल हुने गरी ल्याएका छन्। यसले सचिवालयमा आफ्नो पक्षमा बहुमत पुग्ने ओलीको ठम्याइँ छ। त्यही कारण उनी सचिवालय बैठक चाहन्छन्।

दाहाल–नेपाल पक्षले भने स्थायी समिति बैठक बोलाउने, त्यसमा रहेका पूर्वनिर्धारित एजेन्डामा छलफल गराउने र सहमति भए सहमितको नभए आ–आफ्नो प्रस्ताव केन्द्रीय समितिमा लैजाने गरी जान चाहेको छ। केन्द्रीय समिति बोलाउन १ सय ५२ नेताको हस्ताक्षरसहित लिखित मागपत्र समेत बुझाइसकेको छ। आइतबारको बैठक यिनै विषयमा केन्द्रित भए पनि निचोड निस्कन सकेन।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।