१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar नागरिकका  प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा News Polar हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छः घिसिङ News Polar ‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’ News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’

ठेगाना ढाँट्दै आउँछन् भारतीय

ठेगाना ढाँट्दै आउँछन् भारतीय
अ अ+ अ-

विराटनगर । सीमा नाका बन्द भएकै बेला मोरङ रानीका एक स्थानीयले आँखाका बिरामीलाई विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा पुर्‍याए। अस्पतालका कर्मचारीले ठेगाना सोध्दा बिरामी केही बोलेनन्, बरु सँगै जानेको मुखतर्फ हेरे।

बिरामी लिएर जानेले ठेगाना रानी बताए। अस्पतालका कर्मचारीले केरकार गर्दा थाहा भयो उनी त भारतबाट आएका रहेछन्। एक कर्मचारीले भने, ‘केरकार गरेपछि भारतीय भन्ने थाहा पाएपछि फर्कायौं।’

यो प्रतिनिधि घटना मात्रै हो। विराटनगर र आसपासका अस्पतालमा भारतीय नागरिक ठेगाना लुकाउँदै उपचार गर्न आउने गर्छन्। उनीहरूलाई अस्पतालसम्म पुर्‍याउन सीमा क्षेत्रका नेपालीले नै सहयोग गरेको पाइएको छ। सीमा नाकामा कडाइ नहुँदा नेपालीलाई पैसाको प्रलोभन देखाएर धेरै भारतीय नेपालतर्फ आउने गर्छन्। ‘उपचार गर्न आउनेको परिचयपत्र माग्ने कुरा भएन, हेर्दा भारतीय हो भन्ने चिनिँदैन’, विराट नर्सिङ होमसँगै फार्मेसी सञ्चालक विष्णु यादवले भने, ‘सिमानामा कडाइ नै छैन, संक्रमण उनीहरूले नै सारे।’

मुख्य नाकामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरे पनि छोटी नाकासहित खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपाल छिर्नेको संख्या घटेको छैन। कपडा, सुर्तीजन्य पदार्थलगायत सामान नेपाल छिराउनेदेखि भारतीय नागरिक नेपालका अस्पताल आउने क्रम नरोकिएको मोरङ रानीका सहिन्द्र ठाकुरले बताए।

‘प्रहरी मुख्य नाकामा बस्छ, खुला सिमाना धेरै छन्, बिहान सबेरै र साँझ नेपाल आउनेको लर्को नै हुन्छ’, उनले भने, ‘प्रहरी गस्ती नभएको मौकामा भारतीय नागरिक नेपाल आउँछन्।’

सीमा क्षेत्रका नेपालीलाई रकम दिएर आफन्त भन्न लगाउँदै अस्पताल पुर्‍याउन लगाएको आफूले देखेको ठाकुरले बताए। ‘मलाई पनि धेरैले पैसा दिन्छु, आफन्त भनिदिए पुग्छ भने, मैले मानिनँ’, उनले भने, ‘मलाई कोरोना बोकेर ल्याए कि भन्ने डर भयो।’ नेपालमा लकडाउन खुलेसँगै सीमा क्षेत्रको निगरानी कम भएको सीमावर्ती क्षेत्रका बासिन्दाको ठहर छ।

कमजोर सीमा सुरक्षाको फाइदा उठाउँदै नेपाल आउजाउ गर्ने भारतीयको संख्या बढेको झापा काँकडभिट्टाका अजय धिमालले बताए। ‘के गर्नु काँकडभिट्टा नाकामा प्रहरी बस्छ, केही किलोमिटर पर मेची नदी तरेर हुलका हुल नेपाल छिर्छन्, जान्छन् के कडाइ भन्नु ? ’, उनले भने। नेपालतर्फका केही आँखा अस्पतालले पैसाको लोभमा भारतबाट लुकिचोरी आएका बिरामीको विषयमा प्रहरी र प्रशासनलाई अवगत नगराउने अर्का स्थानीय प्रदीप सुनारले बताए।

सीमा बन्द नहुँदा प्रदेश १ का चार जिल्लाको मुख्य सीमा नाका हुँदै भारत जान र आउन सकिन्छ। मोरङको जोगवनी, झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर र सुनसरीको भन्टाबारी दुवैतर्फ ओहोरदोहोर गर्ने मुख्य नाका हुन्। भारतीय मुख्य सीमा र अन्य नाकामा सुरक्षाकर्मीको निगरानी बढेको छ। चोरबाटो हुँदै नेपालतर्फ आउनेलाई भारतीय सुरक्षाकर्मीले नरोक्दा समस्या बढेको सुनसरीको भन्टाबारीका गञ्जुलाल चौधरीको भनाइ छ। नेपालतर्फ प्रदेश र स्थानीय तहले बनाएका आइसोलेसन, क्वारेन्टाइन र होल्डिङ एरियाको खर्च व्यवस्थापन हुन नसकेपछि सुरक्षा सतर्कता घटेको जनप्रतिनिधिको ठहर छ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिन थालेको छ। झापा र मोरङका भारतीय सीमा क्षेत्रमा राखिएका नेपाल र सशस्त्र प्रहरीका अस्थायी क्याम्प घटाउन थालिएको छ। लकडाउन सुरु भएपछि झापामा दुई महिनासम्म सशस्त्र प्रहरीका एक सय सात क्याम्प थिए। अहिले ३५ वटा मात्रै क्याम्प राखिएको छ। यस्तै, नेपाल प्रहरीका ५२ क्याम्प घटाएर ४२ वटा मात्रै राखिएको छ। सुरक्षाकर्मी र स्थानीयका २६ वटा संयुक्त क्याम्प थिए। वर्षा सुरु भए स्थानीय सीमा क्षेत्रमा बस्न छोडेका छन्।

खोलामा पानीको बहाव बढेसँगै केही पोस्ट हटाइएका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख राजेन्द्र पोख्रेलका अनुसार मुख्य नाका भएर भारतबाट दैनिक एक सयभन्दा बढी नेपाली नेपाल आइरहेका छन्। अन्य खुला नाकाबाट निगरानी हुन नसकेको उनले स्वीकारे। सीमा नाकामा निगरानी प्रभावकारी नहुँदा भारतीयबाट नेपालमा कोरोना संक्रमण बढेको मेची अस्पताल झापाका डा. पीताम्बर ठाकुरको ठहर छ।

निर्बाध आउँछन् भारतीय कामदार

मोरङको सीमावर्ती विराटनगर रानीका धेरै पसलका सञ्चालक र कामदार भारतीय छन्। दैनिक उपभोग्य सामान बिक्री गर्ने किराना पसले, मोटरसाइकल र ठूला सवारी मर्मत गर्ने कामदार भारतीय छन्।

उनीहरू अधिकांश बिहान नेपाल आउने र बेलुका फर्किने गर्छन्। त्यो क्रम अहिले पनि जारी छ। मुख्य गेटबाट नछिरे पनि उनीहरू अन्य बाटोबाट आवतजावत गर्छन्। जोगबनीका पसलमा नेपाली कामदार जान नपाए पनि भारतीयहरू नेपालतर्फ नियमित आउजाउ गर्ने गरेका रानीका श्यामसुन्दर दासले बताए। भारततर्फको सुरक्षा कडाइ भए पनि नेपालतर्फ लचिलो भएकाले भारतीयहरू निर्वाध रूपमा नेपाल आउने गरेको उनको भनाइ छ। आइतबार जोगवनी नाकामा एक जना मात्रै प्रहरी मात्रै खटिएका देखिए।, अन्नपुर्ण पोष्टबाट