६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले बोलाए कार्यसम्पादन समितिको बैठक



अ+ अ-

काठमाडौं । राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

मुलुकमा विकसित भएको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भुमिकाको बारेमा अध्यक्ष कमल थापाबाट कार्यसम्पादन समितिमा ‘ब्रीफिङ’हुने बताईएको छ ।

तिनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरुको रिहाईको बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

राप्रपा नेपालले तिनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरुलाइ रिहाई गर्नुपर्ने धारणा यस अघि नै सार्वजनिक गरिसकेको छ ।