११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले घर पुरियो, श्रीमान्-श्रीमतीको मृत्यु



अ+ अ-

सिन्धुपाल्चोक ।आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकमा एक दम्पतीको मृत्यु भएको छ । 

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ गाङखोरमा पहिरोले घर पुरिँदा ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका हुन् ।

यसैगरी आइतबार बिहान मेलम्ची नगरपालिका वडा नम्बर ११ मा बन्दै गरेको कभर्ड हल पहिरोले पुरिँदा ८ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता ८ जनामध्ये ७ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।